.

,

जेलबाट छुटेका मैनालीले भने - १८ बर्षपछि संगै बसिने भइयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
'विशेष भिसा’ दिलाउन पहल
२७ जेठ: बिनाकसुर जापानमा १५ बर्ष जेल जीवन बिताइ अदालतको आदेशमा बिहीवार रिहा भएका नेपाली गोबिन्द्रप्रसाद मैनालीलाई ‘विशेष भिसा’ उपलब्ध गराउन पहल सुरु भएको छ । टोकियो उच्च अदालतमा बिचाराधीन मुद्दा टुंगो नलागेसम्म जापान आवतजावत गर्नुपर्ने भएकाले उनले विशेष भिसा मागेको अधिबक्ता बलराम श्रेष्ठले बताउनुभयो ।

‘अध्यागमन कानुनअनुसार डिपोर्ट (नेपाल फिर्ता पठाउने) गरियो भने पाँच वर्षसम्म मैनाली जापान जान पाउँदैनन्,’ श्रेष्ठले भन्नुभयो, ‘मुद्दा लड्न सहज होस् भनेर हामीले उनलाई विशेष किसिमको भिसा दिन योकोहामा अध्यायगमन विभागसँग आग्रह गरेका छौं।’
अध्यागमन विभागले मैनालीलाई नेपाल डिपोर्ट गर्ने देखिएपछि उनका वकिल, गोविन्द मैनाली सहयोग समितिका पदाधिकारी र परिवारले विशेष भिसाका लागि आग्रह गरेका हुन् । माग गरिएअनुसारको विशेष भिसा दिए गोबिन्द नेपाल आवतजावत गरेरै मुद्दा लडन पाउनेछन् ।
एक यौनकर्मी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा टोक्यो उच्च अदालतले उनलाई आजीवन कारावासको सजाय तोकेपनि गत बर्ष भएको डीएनए परिक्षणबाट हत्यमा गोबिन्दको नभइ अन्यको संलग्नता रहेको भेटिएको थियो । त्यही प्रमाणका आधारमा मैनालीले मुद्दा पुनरावलोकनका लागि निबेदन दिएपछि गत बिहीवार अदालतले मैनालीलाई रिहा गर्न र मुद्दा पुनरावलोकन गर्न आदेश दिएको थियो ।
मैनाली बिहीवार नै योकोहामा जेलबाट रिहा भएपनि सन् १९९७ मा मुद्दा चलाइदा ओभरस्टे रहेका कारण इमिग्रेसनले नियन्त्रणमा राखेको छ । अदालतको आदेशको मर्मअनुसार इमिग्रेसन मैनालीलाई सहज हुने भिषा दिन सकरात्मक देखिएको मैनालीका सहयोगीहरुले बताएका छन् । सोमबार मैनालीको भिसाबारे निर्णय हुने अपेक्षा गरिएको छ ।




श्रीमती र छोरीसँग भेट

यसैवीच इमिग्रेसनको नियन्त्रणमा रहेका मैनालीले पत्नी राधिका र दुई छोरीलाई भेटेका छन् । शुक्रबार बिहान अध्यागमन विभागमा परिवारका सदस्यसँग भेट्दै उनले सत्यको जीत भएको बताएका छन् । भेटपछि राधिकाले श्रीमान गोबिन्द निकै खुसी देखिएको बताइन् । अठार बर्षपछि दोस्रोपटक छोरीहरुलाई भेटन पाएका गोबिन्दले १८ बर्षपछि परिवार एक हुने भयो भनि खुसी ब्यक्त गरेका थिए ।
गोबिन्दको पासपोर्ट बनाउने काम भइरहेको र फोटो खिचेर दूतावास पठाइएको राधिकाले बताइन् । सोमबार बिशेष भिसाको निर्णय भएमा उनी नेपाल जानेछन र मुद्दा लड्न फेरी जापान आउनेछन् । बिशेष भिसा प्राप्त हुनेमा आफु बिश्वस्त रहेको मैनाली सहयोग समितिका अभियन्ता राजन प्रधानाङ्गले जानकारी दिनुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर