.
Feature समाचार,
ज्ञानेन्द्रलाई नागार्जुनबाट नारायणहिटीमा ल्याउँछौं: लिङ्ग्देन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012

राप्रपा नेपालका केन्द्रीय सदस्य राजेन्द्र लिङ्ग्देनले नागार्जुनमा रहेका पूर्व राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याएर राख्ने चेतावनी दिनु भएको छ ।
राजसंस्था पुनःस्थापना र हिन्दु राज्यको माग गर्दै शनिबार काठमाडौंको खुला मञ्चमा आयोजित आमसभामा लिङ्ग्देनले आफूहरुको आन्दोलन सुरु भएको बताउनु भयो । उहाँले भन्नुभयो-’यो शक्ति प्रदर्शन कास्टिङ मात्र हो, राप्रपा नेपालका कार्यकर्ता टाउकोमा कफन बाँधेर आन्दोलन उत्रिन तयार छन् ।’
वेलायतमा १२ वर्षपछि राजतन्त्र पुनःस्थापना भएको प्रशंग उल्लेख गर्दै लिङ्ग्देनले भन्नुभयो-’हाम्रा राजाको टाउका काटिएको पनि छैन, लखेटिएको पनि छैन, देशमा हुनुहुन्छ । नागार्जुन र नारायणहिटीको दुरी त धेरै छैन । उहाँलाई नागार्जुनबाट उठाएर नारायणहिटीमा राख्ने दिन धेर टाढा छैन ।’
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




