.
समाचार,
फोरम लोकतान्त्रिकका १० नेताद्वारा राजीनामा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 10 June 2012
केन्द्रीय सदस्यहरु ओमप्रकाश यादव, कौशलकुमार यादव, निलम बर्मा, प्रमोद गुप्ता, रामानन्द मण्डल, शिवजीप्रसाद सोनी, अमृता अग्रहरि, अमिरुल्लाह अन्सारी र सेवकीदेवी दास लगायतले संयुक्त्त रुपमा आज रजिनामा दिएका हुन ।
पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई स्वेच्छाचारी ढंगले कारवाही गरेपछि असन्तुष्ट वनेका भण्डारी पक्षका १० केन्द्रीय सदस्यहरुले रजिनामा दिएका हुन ।
उनिहरुले आज राजधानीमा राजाधानिमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विजय कुमार गच्छदारले पार्टी एकलौटी हिसावले चलाएको, मधेशका मुद्धा विर्सिएको तथा पार्टीका असन्तुष्ट पक्षका कुरा नसुनकेको भन्दै सामूहिक राजीनामा दिएको नेता प्रमोद गुप्ताले जानकारी दिनुभयो ।
गुप्ताले पार्टी अध्यक्ष गच्छदार मधेसका मुद्धाहरु छोडेर पछिल्लो समय माओवादीको पुच्छर भएको र सत्ता लिप्साको भूतले नछोडेको आरोप लगाउनुभयो ।
उहाँले राजीनामा पश्चात अब नयाँ पार्टी गठनको प्रक्रिया समेत छिट्टै सुरु हुने वताउनुभयो । पार्टीले स्पष्टीकरण सोधेका ९ तथा अर्का एक केन्द्रीय सदस्य गरी १० जनाले सामूहिकरुपमा राजीनामा दिएका हुन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




