.

,

शिक्षकहरु भत्ता लिन्छन्, पोशाक लगाउँदैनन् I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
रौतहट,जेठ २९ ।

गत साल देखि सरकारले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई पोशाक अनिबार्य लगाउनु पर्ने भन्दै रकम दिएको भएपनि रौतहटका शिक्षकले हालसम्म पोशाक लगाएका छैनन् । जिल्ला शिक्षा कार्यलयबाट रौतहटका शिक्षकले पोशाक खरिद बापत गत साल सात हजार पाँच सय रुपैयाँ बुझेको भएपनि उनीहरु पोशाक लगाएर विद्यालय गएका छैनन् । जिल्ला शिक्षा कार्यालय रौतहटले पोशाक खरिदका लागि जिल्लाका स्थायी शिक्षकलाई रकम वितरण गरेको थियो । पोशाक खरिदका लागि रकम बुझेर पोशाक नलाउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कुनै प्रकारको निरीक्षण तथा सजाय नगरेका कारण उनीहरुले लगाउनु पर्ने पोशाक नलगाएको एक शिक्षकले जानकारी दिएका छन् ।

गत साल पोशाक खरिदका लागि जिल्ला शिक्षा कार्यलयले रकम दिएको भएपनि कुन रंगको पोशाक लगाउने भन्ने कुरा नभनेका कारण शिक्षकहरु अलमलमा परेर पोशाक नलगाएको शिक्षक युनियन रौतहटका अध्यक्ष योगेन्द्रप्रसाद यादवको भनाई छ । रंग नै नतोकि रकम दिएका कारण शिक्षकहरुले पोशाक नसिलाएको र नलगाएको यादवको भनाई रहेको छ । यस बर्ष समेत शिक्षकहरुका लागि पोशाक भक्ता आएको भएपनि स्थायी बाहेकका शिक्षकहरुले समेत आफुहरुलाई पनि पोशाक भक्ता चाहिने भन्दै बिरोध जनाएका कारण जिल्ला शिक्षा कार्यालयले पोशाक भक्ता वितरण गरेको छैन् । शिक्षा बिभागले गत साल देशभरका प्राथमिक तहका ६३ हजार ४८ जना, निमावि तर्फका ११ हजार २४९ जना र माध्यमिक तहका ९ हजार ४२ जनालाई गरी कुल ६२ करोड ५० हजार बराबरको पोशाक भक्ता बितरण गरेको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर