.
entertainment feature,
एटिएम निर्माता साधारण सदस्यबाट निलम्बित, प्रेस विज्ञप्ति सहित I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

परिवर्तन र परिमार्जनको नाममा अश्लितालाई बढवा दिदै समाजमा असर पर्ने प्रकृतिको फिल्म एनि टाईम मस्ती (एटिएम) निर्माण गरेका प्रोड्यूसर दिनेश थापालाई चलचित्र निर्माता संघले एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।
सार्वजनिक प्रोमोले समग्र उद्योगको बेईज्जत गरेका कारण उनको फिल्मलाई किन रोक नलागाउने भन्ने बिषयमा निर्माता संघले काटेको ४८ घण्टे अल्टिमेटको स्पष्टीकरणबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै थापालाई चेतावनी स्वरूप एक महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरिएको निर्माता संघ, निर्देशक समाज र कलाकार संघको संयूक्त बैठकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आईतबार अध्यक्षको हैसियतमा बसेको तीन निकायको सो बैठकले एटिएमका निर्देशक यादव सिलवाल जसले आधा दर्जन फिल्म निर्देशन गरेका छन् उनी निर्देशक समाजको साधारण सदस्य नभएको पनि अवगत गराएको छ । यसैगरी सो फिल्मका कलाकार पनि बैधानिक रूपमा कलाकार संघका सदस्य नभएको भनी विज्ञप्ती मार्फत मिडिया र फिल्मकर्मीको ध्यानकर्षण गराईएको छ ।
आफूहरू अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सदा रहेको तर अभिब्यक्ति स्वतन्त्रताको नाममा समाजमा नकारात्मक प्रभाव पार्ने बिषय बस्तुलाई भने सामाजिक दायरा भित्र रहेर निर्माण गरिनु पर्ने तीन निकायको संयुक्त धारणा छ । संयुक्त धारणाले अश्लिल फिल्म निर्माणमा फिल्मकर्मीलाई संग्लग्न नहुन आग्रह पनि गरेको छ ।फिल्मीखबर

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




