.
समाचार,
सर्पले टोक्दा उपचार गर्ने ठाउँ नहुँदा समस्या I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
बर्दिवास अस्पतालका स्वास्थ सहायक राधेश्याम झाले बर्दिवास अस्पतालमा सामान्य खालका सर्पले टोकेको विरामीको प्राथमिक उपचार मात्र हुने जानकारी दिनुभयो । उत्तरी क्षेत्रका यि गाविसबाट करिव ५० किलो मिटरको दुरीमा पर्ने जिल्ला सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पतालमा सर्पले टोकेको उपचार सेवा उपलब्ध भएपनि जलेश्वर जाने बाटो भत्कीएका कारण बिरामी समयमै पुर्याउन नसकिने हुनाले त्यँहा नलैजाने गरेको स्थानयिवासीले बताएका छन् । छिमेकी जिल्ला सर्लाही र धनुषामा समेत सर्पले टोकेको विरामीको उपचार सेवा उपलब्ध नभए पछि सर्पले टोकेको विरामीलाई उपचारका लागि सिरहाको बन्दीपुर , चोहर्वालगायतका ठाउँमा लैजानु पर्ने बाध्यता रहेको खएरमाराका स्थानीयवासी इशारा लामाले बताउनुभयो । विषालु सर्पले टोकेको छोटो समयमै मानिसको ज्यान जाने गरेकाले सिरहा सम्म प¥ुयाएर विरामीलाई बचाउनै मुस्किल हुने गरेको स्थानीयवासीको भनाई छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




