.
प्रवास,
यूएईबाट सेती बाढी पिडितहरुलाई करिव साढे तीन लाख रुपैयाँ सहयोग I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

खेमनाथ पौडेल, यूएई -
गत वैशाख २३ गतेका दिन खारापानी (तातो पानी) मा आएको अन्नपूर्ण हिम पहिरोमा परी पिडित तथा विस्थापित भएकाहरुलाई तमू समाज अबुधावी क्षेत्रिय समिति यूएईले करिव साढे तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
अन्नपूर्ण माछापुच्छ्रे हिमालको आधार शिविर भन्दा तल झण्डै ११ हजार फिट उचाईबाट खसेको हिमपहिरोले थुनिएको सेती नदीको मुहान अकस्मात फुटेर आएको बाढीका कारण सार्दीखोला गा.वि.स तथा माछापुच्छ्रे गा.वि.समा भएको ठुलो धनजनको क्षतीबाट विचल्लीमा परेका व्यक्तिहरु, घाइतेहरुका साथै मृतकका परिवारहरुको सहयोगको लागि तमू समाज अबुधावी क्षेत्रीय समितिको पहलामा यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको सहयोगमा करिव १४,५५५ (चौध हजार पाँच सय पचपन्न दिह्राम्स) अर्थात (नेपाली ३ लाख ५८ हजार रुपैयाँ) संकलन गरी सहयोग गरेको जानकारी गराएको छ । सो रकम नेपालमा रहेका तमु समाज अबुधावी क्षेत्रिय समितिका प्रतिनिधी धर्म राज तमूद्धारा सेतीबाढीपिडित राहतकोषका प्रतिनिधीलाई हस्तान्तरण गर्ने योजना रहेको तमु समाज क्षेत्रिय समिति अबुधावीकी सचिव पवित्र तमुस्योले बताइन् । उक्त रकम संकलन गर्न सहयोग गर्नुहुने यूएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई तमु समाज अबुधावी क्षेत्रिय समितिले हार्दिक धन्यवाद दिएको छ । यस अघि यूएईबाट नेपाली समाजको पहलमा उक्त सेतीबाढी पिडतलाई करिव साठ्ठी हजार नेपाली रुपैयाँ सहयोग गरिसकिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




