.
प्रवास,
गैर आवासीय नेपाली संघ युएईको शारजाह क्षेत्रीय समिति गठन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

गैर आवासीय नेपाली संघ युएईको आफ्नो क्षेत्रीय समिति विस्तार गर्ने क्रममा गत १५ जुन शुक्रबारका दिन शारजाह क्षेत्रीय समिति गठन गरेको छ। केन्द्रीय सचिव गोपालप्रसाद कंडेलको अध्यक्षतामा बसेको एक भेलाले राजु खड्काको अध्यक्षतामा १ उपाध्यक्ष र २ सदस्य पछि राख्ने गरी १३ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उक्त भेलाले चयन गरेका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा राजु खड्का, उपाध्यक्षमा बालकृष्ण मरासिनी, कोषाध्यक्षमा अर्जुन खड्का, सचिवमा विष्णुप्रसाद अर्याल, सहसचिवमा दीपक अर्याल रहेका छन् भने सदस्यहरुमा सन्तोष घिमिरे, रामु भट्टराई, सुशील पोखरेल र खगेन्द्र गैरेलाई चयन गरेको छ। त्यस्तैगरी सल्लाहकारमा ताराप्रसाद अर्याललाई चयन गरेका छन्।
नवगठित पदाधिकारीहरुलाई उपस्थित सबैले आगामी नयाँ कार्यकालका लागि शुभकामना समेत दिएका थिए। नयाँ जोस र नयाँ उमंगका साथ आएका युवा कार्यकताहरुले भविष्यमा आई परेका सबै खाले चुनौतीहरुको सामना गर्दै सशंक्त ढंगले अगाडि बढ्ने कुरामा प्रतिवद्धता जाहिर गरेका छन्। भर्खरै मात्र गठन भएका नयाँ कार्यसमितिले चालेका हरेक पाइलाहरुले सफलता पाओस् भन्ने हामीले पनि शुभकामना व्यक्त गर्न चाहान्छौ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




