.
Feature समाचार,
आजदेखि एमालेको राष्ट्रिय भेला, जनजातिका नेताहरुले बहिस्कार गर्ने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

संविधानसभाको विघटपछिको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेर पार्टीको धारणा तय गर्न नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुदैछ । विहान ११ बजेपछि राष्ट्रिय सभागृहमा सुरु हुने भेलामा गएको जेठ १४ मा विघटन भएको संविधानसभा,नयाँ राजनीतिक परिवेश तथा पार्टीको आगामी योजनाको बारेमा छलफल हुने सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
देशभरबाट भेला भएका नेता तथा कार्यकर्ताहरुको सुझावको आधारमा संघीयता, राज्यपुनर्संरचनाको स्वरुप लगायतका भावी संविधानका विषयवस्तुको बारेमा औपचारिक धारणा बनाइने सचिव पोखरेलले बताउनुभयो । भेलामा पार्टी अध्यक्ष झलनाथ खनालले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।
बैठमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, अञ्चल समन्वय कमिटीका सचिवहरु र घोषित जसनंगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहने एमालेले जनाएको छ ।
भेलामा राजनीतिक तथा संवैधानिक संकटका सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत तथा पारित गरिने बताइएको छ । यसैबीच जातिय पहिचानको आधारमा प्रदेश बनाउनुपर्ने लगायतका आफूहरुका माग पूरा गर्न नेतृत्वले पहल नगरेकोभन्दै एमालेका आदिवासी, जनजाति नेताहरुले भने आजदेखि सुरु हुने कार्यकर्ता भेला बहिस्कार गर्ने भएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




