.
Feature अपराध समाचार,
आफ्नै श्रीमतीले भाडाका गुण्डा लगाएर पतिको निर्मम हत्या गरिन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
पक्राउ पर्नेहरुमा सुन्दरी राई, उनकी छोरी शुभद्री राई, सहयोगी स्थानीय हिरालाल सेवा, हत्याराहरु सुनसरी तरहराको किरण बुढाथोकी, दिल्ली देवान, प्रताप राई तथा हत्यामा संलग्नलाई लुकाएर राख्ने महोत्तरी बर्दिवास घर भई काठमाडौंमा ग्रिल व्यवसाय गर्ने मिलन लामा रहेका छन् । उनीहरुले भारतीय गोर्खा सैनिकमा कार्यरत लेटाङका ४५ बर्षीय राजमणि राईको लेटाङ–२ स्थित चिसाङ खोलामा हत्या गरेका थिए । प्रहरले कल डिटेलको आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
सुन्दरीले श्रीमानको हत्या गर्न ६ लाख रुपैयाँ दिने सहमतिमा ५० हजार रुपैयाँ दिएको अनुसन्धानको क्रममा खुलेको हो । मृतक राजमणिले खोटाङकी एक युवतीसँग दोस्रो विवाह गरेपछि आफूलाई कुटपिट गर्ने, विभिन्न आरोप लगाउने र खर्च समेत नदिने गरेकोले हत्या गर्ने योजना बनाएको जेठी श्रीमती सुन्दरीले बयान दिएकी छिन् ।
भारतीय सेनाबाट ४० दिनको बिदामा घर आएका राजमणिको हत्या गर्ने योजना उनी आउनु एक महिनाअघि नै बनेको थियो । हत्याराहरुको समूहले राजमणि कान्छी श्रीमती कहाँ खोटाङ गएका बेला त्यही पुगेर हत्या गर्ने प्रयास गरेको भए तापनि ससुराली गएर फर्कने क्रममा लेटाङमै बाटो ढुकेर बसेका तीन युवाले खुकुरी र ढुंगा प्रहार गरी हत्या गरेका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




