.

,

चलचित्र "मायाज बार" प्रदर्शनको तयारीमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


३१ जेठ, काठमाडौँ । दिवंगत राजा बीरेन्द्रको बिशेष भिजुअल प्रयोग गरिएको भनिएको चलचित्र मायाज बार प्रदर्शनको तयारीमा छ । यसको निर्देशन दिनेश डि.सीको रहेको छ । चलचित्रको प्रवद्र्धनमा व्यस्त डिसी मायाज बारलाई नेपाली चलचित्रको इतिहासमै प्राविधिक हिसाबले र मेकिङ्गको हिसाबले अव्वल भएको दावी गरेका छन् ।

लागतको हिसाबले पनि विग बजेटको चलचित्र मानिएको मायाज बारमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, गजित विष्ट, निशा अधिकारी लगायतको अभिनय रहेको छ । चलचित्रमा संसारकै कान्छा फोटोग्राफरको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल रिजेन्द्र श्रेष्ठले पनि बाल कलाकारको भुमिका निर्वाह गरेका छन् ।

चलचित्रका बारेमा निर्देशक दिनेश डि.सीको भनाई छ “प्रस्तुतीका हिसावले एक असाधारण नेपाली चलचित्र हो यो, जसमा राजेश हमाललाई मैले नकारात्मक भुमिकामा प्रस्तुत गरेको छु साथै प्राविधिक विशिष्टताको चलचित्र हो मायाज बार ।” आगामी श्रावण १८ गतेदेखि मोफसलमा र १९ गतेदेखि काठमाडौंमा रिलिज हुने मायाज बारमा ४ वटा गीत रहेका छन् । चारवटा गीतमध्ये एउटामा भने निर्देशक दिनेशकै आवाज रहेको छ । आफै गीत गाउनु भएछ नि भन्दा उहाँको भनाई छ “अरु व्यबसायिक गायकहरुलाई नै गाउन लगाउने सोच त थियो तर जुन मेलोडी छ गीतमा त्यसको पीडालाई न्याय गर्न सक्दैनन् कि भनेर आफै गाएको हुँ ।” चर्चित सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानको सिनेमेट्रोग्राफी रहेको चलचित्र मायाज बारमा संगीत भने सुरेश अधिकारीको रहेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर