.

,

बोक्सीको आरोपमा चरम यातना I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE




३१ जेठ, इलाम- जिल्लाको दुर्गम एकतप्पा गाउँ विकास समितिकी एक महिलाले बोक्सीको आरोपमा चरम यातना पाएकी छिन्। एकतप्पा-७ की ३८ वर्षीया पदममाया यो∙हा∙ले आफनै श्रीमानको मिलेमतोमा यातना पाएको प्रहरीले जनाएको छ।
पेट दुखेर विरामी परेकी उनलाई जेठ २ गते धामी ल्याएर श्रीमान् जगतबहादुर यो∙हा∙ले उपचार गराएका थिए। पाँचथरको चिलि∙देन घर भएकार् धामी' फौदसिंह लिम्बूले उनलाई खड्कुँडा (ठूलो तामाको भाँडो) मा पानी उमालेर हात हात चोब्न लगाउँदै माथिबाट सिरकले छोपेको स्थानीय मानव अधिकार संरक्षण समिति अध्यक्ष लोकबहादुर थापाले नागरिकलाई बताए। उनले भने र् जेठ २ गतेको घटना यतिका दिनसम्म घरमै लुकाइछिपाइ राखिएको रहेछ। बाहिर हल्ला भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बास्तविकता थाहा भएको हो।'

स्थानीय एक महिला स्वयंसेविकाका अनुसार पीडितले आफूलाई धामीले पानी उमालेर हात चोब्न लगाएको, हात चोबेपछि माथिबाट बोक्सीको शक्ति झार्न भन्दै चारवटा सिरकले छोपेर त्यहाँमाथिबाट श्रीमानसहितका युवाले थिचेका थिए। बेहोस भएपछि पीडितले चिच्याउँदार् बोक्सी कराउन थाली अझै थिचेर हावा छिर्न नदिनू' भन्ने धामीलेर् निर्देशन' दिएको उनले बताइन्। श्रीमान् जगत र स्वयंम् पीडितले भने यातना नभई खोलेले हात पोलेको उत्तर दिए। तर, अध्यक्ष र स्वयम्सेविकाले भने घटनालाई वास्तविकताबाट मोड्न पीडितलाईसमेत डर देखाएको हुनसक्ने बताइन्। उनले भनिन् र् हिजोसम्म मलाई स्वयम् पीडतले घटनाको बेलिविस्तार लाएकी हुन्। अहिले कसैले डर देखाएको हुनसक्छ।'

धामी भनिएका फौदसिंह पीडितकै भदा (माइतीपट्टिको दाजुभाईको छोरा) भएकाले कार्वाहीका लागि डराएको हुनसक्ने श्रोतले जनाएको छ। प्रहरी निरीक्षक गणेश बाँस्तोलाले उपचारका नाममा ज्यान मार्ने प्रयासजस्तो देखिएको प्रतिक्रिया दिए। उनले भनेर् उमालेको पानीमा हात चोब्न लगाउँदा उपचार हुँदैन। यो यातना नै हो भन्ने सामान्य व्यक्तिले पनि जान्ने कुरा हो।

लोकबहादुरले घटनाबारे आफूलाई थाहा भएपछि बुधबार जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएका थिए। उनले घटनालाई लुकाउने प्रयास भइरहेकाले पीडितलाई न्याय दिलाउन पनि आग्रह गरे। पीडित महिलाको सदरमुकामस्थित डा. मेघबहादुर पराजुली सामादायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

उनको दुवै हात पानीले फतक्क हुनेगरी पोलेर कुहिएके जस्तो भएको प्रहरी निरीक्षक बाँस्तोलाले बताए। स्थानीय जनकल्याण माध्यमिक विद्यालयका अध्यक्षसमेत रहेका श्रीमान जगतलाई प्रहरीले अनुसन्धानका लागि बुधबार अस्पतालबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले बोक्सीको आरोप हो या होइन भन्ने अनुसन्धानकै क्रममा रहेको प्रतिक्रिया दिएको छ। परिवार नियोजनको अस्थायी साधन पिल्स सेवन गर्दै आएकी उनी पटकपटक पेट दुखेर थला परेको पदमले बताए।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर