.

,

प्रचण्डपुत्र र विनाको मस्ति सर्वोच्च शिखरमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३१ जेठ, काठमाण्डौ ।
शान्ति र संबिधानका लागि भन्दै सगरमाथा आरोहणमा निस्किएको प्रचण्डपुत्र प्रकाशसहितको टोलीले सगरमाथा आरोहण गरेर संबिधान त ल्याउन सकेन नै,एक महिला सदस्यसँग प्रकाशको चक्करले टोलीभित्रै खैलाबैलामात्र मच्चायो । सगरमाथा आरोहणको पूर्वअभ्यासका क्रममा एलापिक हिमाल चढ्ढादेखि नै प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्वबियु सभापति बिना मगरवीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर सगरमाथा आरोहणका सदस्यका लागि टाउको दुखाईको बिषय बन्यो । पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बिना यति ब्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् ।

आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरुले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैं गर्नुपरेको थियो । जब यिनीहरु अरु सहकर्मीसँगै चौथो शिविर पुगे, झनै अचाक्ली भयो । बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार प्रकाश र बिनालाई टेण्टभित्र अप्ठेरो अबस्थामा भेटाएपछि केहीअघिसम्म प्रचण्डको सुरक्षागार्ड रहेका सरदले चेतावनी दिएका थिए । तर त्यो घनिष्टता कुनै चेतावनीसामु झुक्ने कुरै थिएन् । यति भएपछि सरद, टोली नेता कृष्ण केसी र जनमुक्ति सेनाका बि्रगेड कमाण्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए ।



बिनाको पालमा रहेकी इशु भट्ट स्वास्थ्यका कारण फर्किएपछि त उनीहरुवीच झनै अचाक्ली हुन थाल्यो । बिनाको टेण्टमा प्रकाशलाई निम्त्याउन थालियो । कहिले बिनाकहाँ, कहिले प्रकाशकहाँ यी दुईको आबतजावत बढि नै हुन थालेपछि टोलीका तीनै जनाले उनीहरु दुवैलाई राखेर चेतावनी दिएका थिए । तर दुबैले ‘हैन-हैन, कहाँ त्यस्तो हुनु’ भन्दै कुरा टारेका थिए ।
पत्रिकामा समाचार आउन लागेको सुइंको पाएपछि प्रचण्ड पुत्र प्रकाशले फोन गरेर समाचार नछापिदिन आग्रह गरेको जनआस्थाले छापेको छ । पुत्र प्रकाशले पहिलोपटक पोष्टबहादुर बोगटीको छोरीसँग बिबाह गरि पारपाचुके गरेका थिए भने दोस्रो बिहेबाट एक छोरा जन्माएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर