.
Feature समाचार,
सहमति जुटाएर बजेट ल्याउ : राष्ट्रपति I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

३१ जेठ, काठमाडौ । राजनीतिक सहमति जुटाएर मात्रै नयाँ बजेट ल्याउन राष्ट्रपति डा रामवरण यादवले अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छ । आज अर्थमन्त्री पुन र अर्थ सचिव कृष्णहरि बास्कोटलाई आफ्नै निवास शीतल निवासमा बोलाएर राष्ट्रपति डा यादवले राजनीतिक सहमतिमा मात्रै बजेट ल्याउन सुझाव दिएका हुन् ।
सरकार बाहिर रहेका राजनीतिक दलहरुले सरकार कामचलाउ भइसकेको अवस्थामा बजेट ल्याउन नपाउने भन्दै त्यसको विरोध गरिरहेका बेला राष्ट्रपति डा यादवले सहमतिमा मात्रै बजेट ल्याउन सुझाव दिएको अर्थमन्त्री पुनले जानकारी दिए ।
"राजनीतिक सङ्क्रमणकालमा पनि अर्थतन्त्रमा असर पर्न नदिने मेरो सार्वजनिक प्रतिबद्धता हो", राष्ट्रपतिसँगको भेटपछि अर्थमन्त्री पुनले भने, "आज राष्ट्रपतिसँग पनि त्यही प्रतिबद्धता दोहोर्याएको छु ।" अर्थमन्त्रीले राष्ट्रपतिलाई राजनीतिक सङ्क्रमण भए पनि आर्थिक एजेन्डामा न्यूनतम राजनीतिक सहमति गराउने कोसिसमा आफू लागेको जानकारी गराएका थिए ।
अर्थमन्त्री पुनले हाल जननिर्वाचित प्रतिनिधि संस्था कुनै पनि नभएकाले अध्यादेशबाट बजेट ल्याउनुको विकल्प नभएको बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । "जननिर्वाचित प्रतिनिधि संस्था व्यवस्थापिका संसद नभएको, प्रमुख पार्टीहरुबीच बेमेल भएको अवस्थामा अध्यादेशबाटै बजेट ल्याइन्छ,' उनले भने, "बजेट अर्थमन्त्रीको मात्र होइन सरकारको हो, देशको हो, जनताको हो र सबै सरोकारवाला पक्षको हो । यसमा सबैको सहयोग चाहिन्छ ।" देश बजेटविहीन अवस्थामा रहन नसक्ने भन्दै अर्थमन्त्री पुनले राजनीतिक सहमतिमै अध्यादेशमार्फत बजेट ल्याउने बताएपनि नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलले विरोध गर्नुको कुनै तुक नरहेको जानकारी दिए ।
अर्थमन्त्री पुनले सरकार पूर्ण बजेटकै तयारीमा भएको पनि जानकारी गराए । 'बजेट पूर्ण हुने या अर्ध हुने भन्ने होइन । सरकार पूर्ण बजेटकै तयारीमा छ', उनले भने, 'बजेट ल्याउँदा उपयुक्त राजनीतिक सहमति गरिन्छ ।' पुनले भने 'बजेटलगायतका सबै अत्यावश्यक विषयहरु राजनीतिक सहमतिमै ल्याइन्छ, राजनीतिक खपतका लागि कसले के भन्छ भन्ने कुराको कुनै तुक रहँदैन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




