.
बलिउड,
सत्यमेव जयेतेले आमिर खान संकटमा परे I एक्सन लिईने
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

'सत्यमेव जयते'को माध्यमबाट समाजमा जागरूकता फैलाउने कोशिस गर्दै आएका आमिर खान संकटमा परेका छन ।
केही समयपूर्व भारतीय डॉक्टरहरुले गरेको गलत क्रियाकलाप बाहिर ल्याएर त्यस्ता डाक्टरहरुको मेडिकल लाइसेन्स रद्द गर्नुपर्ने आवाज उठाएका कारण डाक्टरहरुको निशाना बनेका आमिर खानमाथि फेरी अर्को संकट आइलागेको छ । उनको चर्चित टेलिभिजन शो सत्यमेव जयेतेमा उनले प्रेम सम्बन्धी बिषयमा एक कार्यक्रम बनाएका थिए । उनले उक्त कार्यक्रममा प्रेममा जातपात, रितिरिवाज र धर्मसमेतको पर्वाह नहुने धारणा राखेका थिए । यसै बिषयलाई लिएर उनि खाप पंचायतको निशाना बनेका छन । आमिर खानको बिरुद्धमा के कस्तो कारवाही र कदम बढाउने बह्न्ने बिषयमा भने निर्णय भैसकेको छैन ।
मेहम चौबीसी पंचायतका प्रमुख रणधीर सिंहले आमिर खानलाई खापको छविमा आंच आउने कार्य गर्नुका साथै हरियाणा राज्यको सामाजिक व्यवस्थामाथि धावा बोलेको आरोप लगाए । अमिर खानकै शोमा भाग समेत लिएका रणधीरले भने - गाउँको एक व्यक्तिले फोनमा भने कि उसको ३ बर्षकी छोरी ठुलो भएर भागेर बिहे गर्न चाहन्छे । उनले थपे - यो आमिर खान हाम्रो समाजमा कस्तो किसिमको परिवर्तन चाहन्छ ? यदि यस्तै किसिमको पथभ्रष्ट कार्यलाई सामाजिक परीवर्तन भन्दै उक्साउदै हिडे भने उनलाई पनि बाकी राखिने छैन ।
खाप पंचायत भारतका केही राज्यहरुमा अझै सक्रिय छन । यो पंचायतले धेरै प्रेमीप्रेमिकाको हत्या समेत गरिसकेको छ । हेर्नुहोस यसै बिषयमा सत्य घटनामा आधारित हिन्दी चलचित्र - खाप

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




