.
भिडियो समाचार विश्व समाचार,
कार विस्फोटमा कम्तिमा ४७ को मृ्त्यु, दर्जनौ घाइते (WITH VIDEO)
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

३१ जेठ, एजेन्सी । इराकको राजधानी बगदादमा आज बिहान भएको शृंखलाबद्ध कार बिस्फोटमा कम्तिमा ४७ जनाको मृ्त्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार यही शुक्रबार शिया मुसलमानहरुको एक पवित्र पर्व रहेको र शिया धर्मालम्बीहरु बगदादको काधुममा जाने क्रम बढी रहेको बेला यस्तो घटना घटेको हो ।
प्रहरीका अनुसार सबैभन्दा पहिले बगदादको करिब १०० किलोमिटर टाढाको हिल्लामा विस्फोट भएको थियो । उक्त क्षेत्रको एक रेष्टुरेन्टको नजिक दुई वटा कारहरू विस्फोट गराइएको थियो जसमा कम्तिमा २० जनाको मृ्त्यु भएको र करिब ३८ जना घाइते भएका छन् ।
स्थानीय प्रहरिले बताए अनुसार उक्त घटना पछी बगदाद र बगदादको नजिकको पाँचवटा क्षेत्रमा विस्फोट गराइएको थियो । बगदादको कराडामा दुई वटा कार विस्फोट गराइएको थियो जहाँ करिब १५ जनाको मृ्त्यु र दर्जनौ घाइते भएका थिए
दक्षिणी बगदादमा भएको अन्य दुई कार विस्फोटमा परि कम्तिमा ५ जनाको ज्यान गएको छ भने बगदादको उत्तरी जिल्ला काडियामा भएको विस्फोटमा ७ जनाको मृत्यु र कम्तिमा २० जना घाइते भएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




