.
समाचार,
पानीमा डुबेर तीन बालबालिकाको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
घरमा कोही नभएको अवस्थामा सोयाक–७ निवासी नरेन्द्र पौडेलकी दुई महिनाकी छोरी हेमाको आँगनमा राखिएको ड्रममा शङ्कास्पदरुपमा डुबेर मृत्यु भएको छ । छोरीको मृत्यु भएपछि आमा बेहोस भएकी र उनलाई उपचारका लागि झापाको कन्काई हस्पिटल लगिएको छ । ड्रममा बच्चा कसैले हालिदिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यस्तै आजै दिउँसो चमैता–१ मा आफ्नै घरको माछापोखरीमा डुबेर डेढ वर्षीय बालक प्रतीक राईको मृत्यु भएको छ । पोखरी नजिकै खेलिरहेको अवस्थामा उनी पानीमा डुबेका थिए । त्यसैगरी आज दिउँसो चुलाचुली–६ का आशीष लिम्बुका दुई वर्षीय छोरा कञ्चन लिम्बुको पनि माछापोखरीमा डुबेर मृत्यु भएको छ ।
घरमा कोही नभएको अवस्थामा उनी पानीमा डुबेका हुन् । पानीमा डुबेको थाहा पाएपछि उपचारका लागि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताउनुभयो ।
- रासस
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




