.

,

जर्मनी र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


४ असार, एजेन्सी – जर्मनी र पोर्चुगल यूरो कप फूटबलको क्वार्टर फाईनलमा प्रवेश गरेका छन् । आइतबार राती आ–आफ्ना खेल जित्दै दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन् । जर्मनी समूह चरणका सबै तीन खेल जित्दै नौं अंकका साथ समूह बी को विजेता बन्यो भने पोर्चुगल ६ अंकका साथ समूहको उपविजेता बनेर क्वार्टर फाईनल प्रवेश गर्‍यो । जर्मनीले आइतबार राती डेनमार्कलाई २ –१ ले हरायो भने पोर्चुगलले पनि नेदरल्याण्ड विरुद्ध समान २–१ कै नतिजा निकाल्यो । डेनमार्क विरुद्ध जर्मनीलाई जिताउन लुकास पोडोल्स्की र लार्स बेन्डारले गोल गरे ।

१९ औं मिनेटमा गोल गर्दै पोडोल्स्कीले जर्मनीलाई अग्रता दिलाएको खेलमा डेनमार्कका लागि क्रोन देल्लीले २५ औं मिनेटमा बराबरी गोल गरे । तर जर्मनीका लागि लार्स बेण्डरले ८० औं मिनेटमा विजयी गोल गरे । अर्को खेलमा पोर्चुगल विरुद्ध पहिले अग्रता लिएपनि जोगाउन नसक्दा विश्वकप उपविजेता नेदरल्याण्ड समूह चरणका तिनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । ११ औं मिनेटमा भान डेर भार्टले नेदरल्याण्डका लागि गोल गरे पनि क्रिस्टियानो रोनाल्डाले २८ औं र ७४औं मिनेटमा गोल गर्दै विजय दिलाए ।

प्रतियोगिता अन्तर्गत सोमबार राती स्पेन र क्रोयसिया तथा इटली र आयरल्याण्डबीच खेल हुँदैछ । आयरल्याण्ड यसअघिका दुईवटै खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ भने अरु तीन टीमका लागि अर्को चरण प्रवेश गर्न सोमबारको खेल निकै महत्वपूर्ण छ । स्पेन र क्रोसियाले एक खेल बराबरी र एक खेलमा जित निकालेर समान चार अंक जोडेका छन् भने ईटलीले दुइवटै खेल बराबरी खेलेर दुई अंकमात्र जोडेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर