.
Feature समाचार,
बैद्य पक्षलाइ पार्टी एकता गर्न दवाव, एकता वा बिभाजन आज टुंगो लगाउने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

४ असार,काठमाडौ– एकीकृत नेकपा माओवादीको मोहन वैद्य किरण समूहको राष्ट्रिय भेलामा सोमबार विभिन्न प्रतिवेदनका विषयमा छलफल हुँदैछ । सोमबार विहानैदेखि विभिन्न प्रतिवेदनमा छलफल हुने पोलिटव्यूरो सदस्य खड्कबहादुर विश्वकर्माले बताउनुभयो ।
२१ वटा समूह बनाएर छलफल थालिएको र बेलुकीसम्ममा समूह नेताले सुझाब पेश गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । समूहबाट आएका सुझाबका आधारमा भेलाले पार्टी एकता वा विभाजनको टुंगो लगाउने नेताहरुले बताएका छन् ।
संस्थापन पक्षसँग सम्बन्ध विच्छेदको घोषणा गर्दै नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्न वैद्य पक्षले आइतबार प्रस्ताव गरेपनि केही केन्द्रीय नेता सहितले त्यसमा असहमति जनाएका छन् । अन्तिमसमय सम्म पार्टी एकताको पहल थाल्ने तयारी दुवै पक्षले गरेका छन् ।
पार्टी एकताको दबाब भएपछि तत्कालका लागि भेलाका सुझाब समेटेर संघर्षका कार्यक्रम घोषणा गर्ने वैद्य पक्षले तत्कालका लागि पार्टी घोषणा नगर्ने भएको छ । केहीदिन पछि मात्र घोषणा हुने स्रोतले जनाएको छ । लामो समयदेखि अन्तरसंघर्ष गर्दै आएको वैद्य पक्षले शनिवारदेखि काठमाडौको बौद्धमा राष्ट्रिय भेला गरिरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




