.

,

अवैध कामदारलाई फिर्ता नपठाउने- ओबामाको घोषणा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३ असार, अमेरिका । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बाल्यअवस्थामा अमेरिकामा गएर काम गरिरहेका अवैध आप्रवासी कामदारलाई फिर्ता पठाउने काम तत्काल रोकिने घोषणा गरेका छन् । उनले उचित फैसला गर्नु जरुरी रहेको भन्दै प्रतिभावान युवा वर्गलाई देशबाट बाहिर निकाल्नुको कुनै अर्थ नरहेको बताए ।

राष्ट्रपतिको घोषणा अनुसार पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका १६ देखि ३० वर्ष सम्मको उमेरका मानिस श्रम इजाजत पाउन योग्य हुनेछन् । सरकारी योजनाबाट ८ लाख मानिसलाई फाईदा पुग्ने अनुमान गरिएको छ ।

आउँदो चुनावमा ओबामाका प्रतिद्वन्दी बन्ने निश्चित भएका रिपब्लिकन पार्टीका मिट रोमनीले सरकारी घोषणाको आलोचना गरेका छन् । उनले आप्रवासी कामदारको मुद्धा कानूनी रुपमा टुंग्याउनुपर्ने भन्दै यसलाई राजनीतिक रंग दिनु जायज नहुने बताए ।
ओबामाको यो निर्णयलाई मान्ने र नमान्ने दुवै पक्ष एक कुरामा भने सहमत छन् । उनीहरुका अनुसार यो समस्याको समाधान एकमुष्ठ रुपमा खोज्नुपर्छ । केही समयको मात्र कानुन नभएर संविधानमा नै यस समस्याको समाधानमा जोड दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।



ओबामालाई एक वर्षमा चार लाख आप्रवासीलाई देश निकाला गरेको आरोप लागिरहेका बेला यो निर्णयले आगामी चुनाबमा उनलाई सजिलो हुनेछ । आप्रवासीप्रति कडा नीति लिएका ओबामाको निर्णयले प्रतिपक्षी रिपब्लिकन पार्टीका उमेद्वार मिट रोम्नीलाई कमजोर बनाउने अनुमान गरिएको छ।

यो निर्णयले कुनैपनि आप्रवासीलाई नागरिकताको अधिकार भने दिएको छैन । यो कुरा बताउदैं ओबामाले भने – ‘सबै आप्रवासीहरु मनले अमेरिकन नै छन्, मात्र कागज हुन पाएका छैनन् ।’ यो सुविधा प्रयोग गर्नका लागि आप्रवासी कामदारहरु १६ वर्ष हुनुभन्दा पहिले अमेरिका आएको र ५ वर्षदेखि त्यही बसेको हुनुपर्छ । त्यस्तै विद्यालय शिक्षा हासिल गरेका र असल चरित्र भएकाले यो सुविधा प्रयोग गर्न पाउने छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर