.
समाचार,
बाटो विवादमा झडप I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012
घाइते मध्ये ग्रामीण सडक नेचाका संयोजक जसकुमार राईको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि मध्यान्ह हेलीकोप्टरबाट काठमाण्डौ लगिएको छ । गाविसको निर्णय विपरीत बाटो खन्ने कार्य गरेको विरोधमा उत्रिएका ग्रामीण सडक संयोजक जसकुमार राई र नेचा बेतघारीका ललित ढुङगेलबीचको सामान्य भनाभन झडपमा परिणत भएको थियो ।
गाविसको निर्णय अनुसार हिमाल दर्शन हुदै जाने सडक ढुङ्गेलले आफू खुसी अन्तैबाट लान लागेको राईको आरोप छ । झडपमा नेचा इलाका प्रहरी कार्यलयका दुई प्रहरी र अन्य स्थानीय पनि घाईते भएका छन् । घाइतेहरुको नेचा सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर नेचा इलाका प्रहरी कार्यलय लैजाने क्रममा स्थानीयले प्रहरी कार्यलयमा नै ढुङ्गा मुढा गरेपछि प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गर्नु परेको इनिस्पेक्टर राजेन्द्र विकले बताउनु भयो । स्थतिलाई नियन्त्रणमा लिन अझै ललितकुमार दुङगेल लगायतका केही व्यक्तिलाई हिरासतमा राखिएको छ ।
नेचाबतासे गाविस वडा नं ३ को बरडाँडा देखि विहीबारे बजारसम्म पुर्याउने सडकको लागि गाविस र जिविसको गरि ९ लाखको बजेट विनियोजन गरिएको थियो । सोही बजेटमा रहने गरि बाटो खन्नका लागि गाउँमा डोजर पुगे पछि दुई पक्षवीच बाटो कता लाने भन्ने विषयमै उक्त घटना भएको प्रहरीले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




