.
Feature समाचार,
वालआश्रमका बालिकामाथि यौन शोषण गर्ने खोरमा [with video]
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

रुपन्देही । डेढ वर्षदेखि बालआश्रममा रहेका बालिकाहरुलाई यौन शोषण गर्दै आएको अभियोगमा रुपन्देहीको अभिनाष अनाथा आश्रमका प्रवन्ध निर्देशक आशिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मधवलीया-४, कोटीहवामा रहेको अभिनाष अनाथा आश्रममा रहेका बालिकाहरुलाई यौन शोषण गरेको अभयिोगामा प्रहरीले मंगलवार पक्राउ गरेको हो । निर्देशक थापाले आफूले बालिकाहरुलाई यौन शोषण गरेको स्वीकार समेत गरेका छन् । थापालाई काठमाडौबाट आउदै गर्दा प्रहरीको टोलीले नवलपरासीको डण्डाबाट पक्राउ गरेको हो। रुपन्देही प्रहरी उपरिक्षक रविन्द्र नाथ रेग्मीका अनुसार थापाले प्रहरीसंगको प्रारम्भीक बयानमा आफूले दुई बालिकामाथि यौन शोषण गर्दै आएको स्वीकार गरेका छन् । घटनाका वारेमा थप अध्ययन गरेर थापालाई कानुन अनुसार हदैसम्मको कारवाही गरिने रेग्मीले वताउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




