.

,

इरानी राष्ट्रपतिको रात्रिभोजमा नेपालका प्रधानमन्त्री

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१५ भदौ, काठमाण्डौं । असंलग्न मुलुकहरुको शिखर सम्मेलनमा भाग लिन तेहरानमा पुगेका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुको सम्मानमा इरानी राष्ट्रपति मोहम्मद अहमनिदेजादले गएराति रात्रिभोजको आयोजना गर्नुभएको छ ।
रात्रिभोजमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल डा. निरञ्जनमान सिंह बस्नेतको सहभागिता रहेको थियो ।
तेहरानको प्रसिद्ध स्थान पर्सियन गल्फ हलमा आयोजित रात्रिभोजमा परम्परागत इरानी कला र नाच प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति अमनिदेजादले इरान सबै राष्ट्रसँग मित्रताको हात बढाउन चाहन्छ भन्दै कोही कसैसँग शत्रुता साँच्न आवश्यक नरहेको बताउनुभयो ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेपाली प्रतिनिमण्डलसँग पनि राष्ट्रपति अहमनिदेजादले सम्मान प्रकट गर्दै नेपालप्रति गहिरो स्नेह रहेको बताउनुभयो ।
करिब चार घन्टा चलेको सो रात्रिभोजमा इरानी राष्ट्रपतिले सामूहिक र एकल कुराकानीसमेत गर्नुभएको थियो । रासस


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर