.
समाचार,
मलेशियामा मृत्यु भएका युवाको दाहसँस्कार – मिर्गौला चोरी गरी हत्या गरेको आशंका
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 31 August 2012
वैदेशिक रोजगारीका शिलशिलामा मलेशियामा निधन भएका झापाका एक युवाको शव ल्याइ दाहसँस्कार गरिएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भइ उपचारका क्रममा मृत्यु भएका मेचीनगर-१०, काँकडभिट्टा पुरानो भन्सारका २५ वर्षीय सञ्जय तिवारीको विहीबार शव ल्याइ दाहसँस्कार गरिएको हो ।
काठमाण्डौंको एसओएस मेनपावरबाट ३ बर्षअघि मलेशिया गएका उनी २५ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएपछि अस्पाताल भर्ना भएका थिए ।
ठक्करबाट खुट्टामा चोट लागी सामान्य घाइते भएका उनको केही दिनमै डिस्चार्ज हुने जानकारी घरमा आएको थियो । छोरा निको भएको खवरले खुशी हुन नपाउँदै एक्कासी उनको मृत्यु भएको खवर आएपछि
परिवारजन मर्माहत भएका थिए ।
तिवारीको मृत्यु अस्पतालको लापरवाहीले भएको पारिवारजनले आरोप लगाएका छन् । सामान्य घाइते भएको छोराले केही दिनअघि अस्पतालबाटै आमासँग फोनमा कुराकानी गरेका थिए । फोनमा कुराकानी भएको पाँच दिनपछि मृत्यु भएको खबर पाइएको परिवारजनले बताएका छन् । छोराको मृत्यु दुर्घटनाबाट नभइ अस्पतालको लापरवाही र आपराधिक तत्वबाट हत्या भएको भन्दै छानविन गरी न्यायका लागि पीडित परिवारले हारगुहार पनि गरेका छन् । पीडित परिवारले छोराको मृगौला चोरी गरी हत्या गरेको आशंका गरेको छ ।
मलेशियाबाट आफन्तको सहयोगमा मृतकको शव घर आइपुगेकै दिन बिहीवार मेची नदीमा उनको अन्तिम संस्कार गरिएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




