.
विश्व समाचार,
परपुरूषसँग सम्बन्ध रहेको आरोपमा कपाल खौरेर गाँउ घुमाइयो एक महिलालाई
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 28 August 2012
१३ भदौ, एजेन्सी । पाकिस्तानमा बेला-बेलामा अमानवीय घटनाहरु सार्वजनिक हुने गर्छन् । केही समय अघि एक महिलाको नाक काटिएको र एक पुरूषको नाक, कान, ओठ तथा घाँटी काटेर हत्या गरिएको घटना राम्रोसँग सेलाउन नपाउँदै यस्तै अर्को अमानवीय घटना बाहिर आएको छ ।
पाकिस्तानको लाहोरबाट करिब ३५० किलोमिटर टाढा रहेको एक गाउँमा एक महिलाको कपाल तथा आखीँभौ समेत खौरेर गाउँ घुमाइएको छ । पाँच पुरूषहरु मिलेर साबिर हुसेनकी २५ वर्षीय पत्नी परविन विवीको कपाल तथा आँखीभौ खौरेर गाउँ घुमाइएको छ । परविनको उनकी नन्दसँग झगडा भएपछी ती पुरूषले परविनको परपुरूषसँग अवैध सम्बन्ध रहेको आरोप लगाउँदै यस्तो अमानवीय व्यवहार गरिएको हो ।
यस घटनाका आरोपी ६ जना मध्ये परविनको नन्द र मुहम्मद नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ । यसैबिच महिलाका एक आफन्तले महिलाको परपुरूषसँग अवैध सम्बन्ध रहेको पुष्टी गर्दै परविनलाई यस्तो नगर्न सल्लाह दिएको तर परविनले नमानेको बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





