.
Feature समाचार,
राजनीतिक गतिरोध अन्त्य गर्न प्रचण्डले भेटे राष्ट्रपति र कोइरालालाई I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 28 August 2012
काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालासित छुट्टाछुट्टै भेट गरेका छन । दुवै भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
आफूलाई भेट्न मंगलबार शितल निवास पुगेका प्रचण्डलाई राष्ट्रपति यादवले वर्तमान राजनीतिक गतिरोधको हटाउन दलहरुवीच संवाद थाल्न आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले दलहरूबीच सुरु भएको संवादको क्रमबारे राष्ट्रपति डा यादवलाई अवगत गराए।
राष्ट्रपतिलाई भेट्नुअघि प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालालाई उनको निवास महाराजगंजमा भेट गरेका थिए । भेटमा दलहरूबीच विगतमा भएका कमीकमजोरी हटाई शान्ति, संविधान र राजनीतिक सङ्कटको निकासका लागि अघि बढ्नेबारे छलफल भएको थियो । यसका लागि बुधबार बिहान प्रमुख चार दलको शीर्ष बैठक बस्ने भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





