.
समाचार,
साउदी अरबमा एक नेपालीको मृत्यु
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
११ भदौ, काठमाडौ । साउदी अरबमाक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी जिल्ला मराङ गाबिस वडा न ६ का २६ वर्षिय ज्ञान बहादुर जुग्जाली मगरको मृत्यु भएको हो । तन्दुरुस्त खाना खाइ साथिहरुसँग कुराकानीगरी सुतेको अवस्थामा निधन भएको छ स्रोतले जनाएको छ ।
२२ महिना अघी साउदी अरब पुगेका जुग्जाली ९, महिना समवन्धित कम्पनिमा काम गरी कमाइ राम्रो नभए पछी गत वर्षको रमाजान इदको छुट्टि अवसर पारी भागेर गैरकानुनी रुपमा एक वर्ष देखी दम्माम डल्ला स्थित एक चाइनिज कम्पनिमा काम गर्दै आइरहेका थिए ।
मृतकका बुवाको पनि केहि वर्ष अगाडी साउदि अरबमै मृत्यु भएको थियो । बुवाको मृत्यु पछी घरको सम्पूर्ण कारोबार सहमाल्दै आएका उनको मृत्यु पस्चात परिवारमा ठुलो बज्रपात परेको छ भने उनको ५ वर्षिय छोरो सहितकी २३, वर्षिय श्रीमती आमा र एक भाइ एक बहिनिको बिचल्ली भएको छ।
टेलिफोन मार्फत छोराको मृत्युको खबरले आमा र श्रीमति मुर्छा परेको पारिवारिक श्रोतले जनाएका छन । घटनाले शोकमग्न परिवारलाई सान्त्वना दिन आफन्तहरु भेला रहेको जनकारी आएको छ । शोकाकुल परिवारले शब सक्दो छिट्टै नेपाल ल्याईदिन सरोकारवाला अधिकारकर्मी साउदी स्थित नेपाली नियोग र साउदी अरबमा सक्रिय नेपाली संघ संस्थाहरुमा बिनम्र अनुरोध गरेको छ । मृतकको शब अहिले दम्माम अस्पटालमा राखिएको साउदिबाट स्रोतले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





