.

,

प्रहरी र तस्कर समूहवीच दोहोरो भिडन्त

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

११ भदौ, वीरगञ्ज । पर्साको मिर्जापुर गाविसमा गएराति गाँजा तस्कर समूह र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । गाँजा लिएर भारततर्फ जाँदै गरेको तस्कर र सशस्त्र प्रहरीको टोलीबीच राति करिब एक बजेतिर भिडन्त भएको हो ।
 गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी तस्कर समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक वासु खड्काले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको र तस्कर समूहले नौ राउण्ड फायर गरेको पनि उहाँले जानकारी दिनुभयो । सो भिडन्तमा मानवीय क्षति नभएपनि सशस्त्र प्रहरीले एक क्विन्टल ५० किलोग्राम गाँजा बरामद् गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले जानकारी दिएको छ ।
 यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयअन्तर्गतको भिस्वाको टोलीले गएराति नै भिस्वा-३ का स्थानीय मडल मियाँलाई तीन किलो चरेशसहित पक्राउ गरेको जनाएको छ । रासस


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर