.

,

नेपाली क्यासिनोमा भारतीय अन्डरवल्र्ड डनहरुको लगानी : प्रहरी

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१० काठमाण्डौं । भारतीय अन्डरवल्र्ड डनहरुको कालो धन नेपालका क्यासिनोहरुमा लगानी भएको आशंका नेपाल प्रहरीले गरेको छ । राजधानीमा सञ्चालित क्यासिनोमा अन्तर्राष्ट्रिय आपराधिक समूहको लगानी अप्रत्यक्ष रूपमा भित्रिएको प्रहरीले जनाएका छन । खास गरि भारतीय अन्डरवल्र्ड डनहरुको यसमा संग्लग्नत रहेको प्रहरीको अनुमान छ। प्रहरी स्रोत भन्छ, ‘उनीहरूले युनियनका सदस्यहरूलाई प्रयोग गरेर क्यासिनोमा पैसा हालेका छन् ।’

सरकारले गत वर्ष रिक्रियसन सेन्टर खारेज गरेलगत्तै क्यासिनोको स्वामित्वमा अन्योल पैदा भएको थियो । यसअघि सबै क्यासिनो रिक्रिएसन सेन्टर मातहतमा सञ्चालन हुने गर्थे । कर नतिरेका कारण सेन्टर खारेज गरिएपछि अन्तर्राष्ट्रियस्तरका डनहरूले यसमा हात फैलाएका हुन् । नेपालका क्यासिनोमा विशेष गरी भारतीय ‘अन्डरवल्र्ड’मा संलग्न डनहरूले अप्रत्यक्ष रूपमा लगानी गरेको प्रहरी उच्च स्रोत बताउँछ । लगानी गर्नेहरूमा बब्लु श्रीवास्तव, दाउद इब्राहिम, छोटा राजन समूहलगायत रहेको प्रहरीको दाबी छ ।

राजधानीमा अहिले नेपाल क्यासिनो, क्यासिनो र्‍याड, क्यासिनो भेनस, रोयल क्यासिनो, क्यासिनो अन्ना, क्यासिनो एभरेस्ट र क्यासिनो सांग्रिला सञ्चालनमा छन् । रिक्रिएसन सेन्टर खारेज भएलगत्तै राजधानीमा सञ्चालित अधिकांश क्यासिनो सम्बन्धित होटलको स्वामित्वमा रहे पनि सञ्चालन भने होटल आफैँले गरेको सौर्य दैनिकमा खबर छ । क्यासिनो सञ्चालनका लागि व्यवस्थापन समिति गठन गरिएको छ । समितिका अधिकांश सदस्य युनियनका छन् । त्यही समितिको नियन्त्रणमा छन्, राजधानीका अधिकांश क्यासिनो । प्रहरी स्रोतको दाबी छ, ‘भारतीय डनले उनीहरूलाई प्रयोग गरिरहेका छन् ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले नेपालका क्यासिनो अन्तर्राष्ट्रिय डनहरूले लगानी गर्न सक्ने हैसितसम्म पुगिनसकेको भए पनि ठोकुवा गर्न नसकिने बताए । उनले भने, ‘व्यवसायमा कसको साझेदारी कोसँग हुन्छ, सबै लेखाजोखा गर्न सम्भव हुँदैन, यद्यपि बाहिर हेर्दा नेपालका क्यासिनो मजदुरको नियन्त्रणमा छ ।’
प्रहरी स्रोतका अनुसार अन्नपूर्ण होटलस्थित अन्ना क्यासिनोमा अहिले ५० प्रतिशतभन्दा धेरै सेयर कल्पदीप राईको छ । राई माओवादीनिकट मजदुर युनियनसँग सम्बद्ध व्यक्ति हुन् । उनी विगतमा सोही क्यासिनोका सामान्य कामदार थिए । यस्तै, याक एन्ड यती होटलस्थित रोयल क्यासिनोमा चर्चित ‘डन’ गणेश लामाको ५० प्रतिशतभन्दा धेरै लगानी छ ।

होटल एभरेस्टस्थित एभरेस्ट क्यासिनो पूर्णरूपमा मजदुरको नियन्त्रणमा छ । क्यासिनो सञ्चालनका लागि एउटा व्यवस्थापन समिति बनाइएको छ । समितिका म्यानेजिङ डाइरेक्टर हर्क ऐर हुन् । मजदुर युनियन र व्यवस्थापनको संयुक्त रेखदेखमा यो क्यासिनो चलेको भनिए पनि लगानीको पाटो भने रहस्यमय छ । सोल्टी होटलस्थित नेपाल क्यासिनो पनि मजदुरहरूकै प्रयासमा चलिरहेको छ । यस क्यासिनोको पनि लगानी स्रोत प्रस्ट छैन । क्यासिनो भेनस र र्‍याड गरी दुईवटा क्यासिनोका सञ्चालक अशोक सिलवाल विगतदेखिकै क्यासिनोका खेलाडी हुन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर