.
समाचार,
सुन्दरीजलस्थित खानेपानीको पोखरीमा मान्छेको लाश भेटियो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
राजधानीको सुन्दरीजलस्थित पानी भण्डार गर्ने पोखरीमा एक पुरुषको शव भेटिएको छ । सुन्दरीजस्थित प्रहरीविद्युत प्राधिकरणको पोखरीमा शव भेटिएको हो । सोही पोखरीबाट ल्याइएको पानी नै खानेपानीका रुपमा उपत्यकाका विभिन्न स्थानमा वितरण हुने गर्छ ।
प्राधिकरणले पोखरीबाट विद्युत उत्पादन गरेपछि बाहिर आएको पानी केयुकेएलको स्थानीय ट्रिटमेन्ट प्लान्टमार्फत राजधानीका ६० प्रतिशत भन्दा बढी परिवारमा वितरण हुँदै आएको छ । धारामा दुर्गन्धित पानी आएको गुनासो बढेपछि सुन्दरीजल ६ का वासिन्दा र विद्युतका कर्मचारीले गत बिहीबार पोखरी सफा गरेका थिए ।
करिब १८ फिट गहिरो उक्त पोखरी सफा गर्ने क्रममा उक्त शव फेला परेको थियो । चिन्नै नसकिने अवस्थामा उनीहरुले एक अधबैंसे पुरुषको शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । शवको पहिचान हुन नसकेपछि शवको मुचुल्का उठाएर स्थानीय गाविसका प्रतिनिधि तथा संघसंस्थाको रोहवरमा नजिकैको जंगलमा गाडिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





