.
समाचार,
मेरो डिभोर्स हल्ला मात्रै :मनिषा; भीडियो सहित
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
भदौ १० - अभिनेत्री मनीषा कोइरालाको डिभोर्सको हल्ला असत्य साबित भएको छ। विवाहपछि मुम्बई पुगेलगत्तै उनको डिभोर्सको हल्ला चलेको थियो।
'मिडियाका साथीहरुले चाहेअनुसार लेख्न पाएका छन्। मेरोबारे मभन्दा मिडियालाई बढी चासो भएकोले बेकारको हल्ला आएको हो। हामी पहिले जस्तो थियौं। अहिलेपनि त्यस्तै छौं,' उनले भनिन्। सुशीला आर्ट एकेडेमीको उद्घाटनमा सहभागी हुन राजधानी आएकी उनी रामगोपाल वर्माको पछिल्लो फिल्म 'भूत २'मा व्यस्त छिन्। 'भूत २' अक्टोबरमा रिलिज हुँदैछ। 'दक्षिण भारतका अवार्ड विजेता निर्देशकको फिल्ममा समेत काम गरिरहेकी छु,' उनले भनिन्।
केही दिनका लागि नेपाल आएकी उनले बलिउड र नेपाली फिल्म दुवैलाई निरन्तरता दिने भएकी छिन्। 'म कलाकार भएकोले अरु सोच्न नसकिँदो रहेछ। बीचमा परिवारलाई समय दिँदा फिल्मबाट टाढिएकी थिएँ। अब फिल्म प्रोड्युस समेत गर्ने तयारीमा छु,' उनले योजना सुनाइन्।
पछिल्लो समय हल्का मोटाएकी उनले भनिन्, 'फिल्ममा लागेको २० वर्ष भइसक्यो। अबचाहिँ शरीरलाई पनि ध्यान दिनुपर्छ। अभिनयमा चाहिँ निखारिने क्रममा छु। जानेका कुरालाई सही प्रस्तुति दिन सक्नुपर्छ।'
नेपाली फिल्ममा काम गर्दा नेपाली बोल्न पाइने हुनाले उनी लोभिएकी हुन्। त्यसबाहेक नयाँ कलाकार र टिमसँग काम गर्दा केही सिक्ने अवसर पनि पाउने उनको कथन छ। अहिले कुनै पनि नेपाली फिल्ममा अफर नआएको उनले प्रष्ट पारिन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





