.

,

खुमबहादुरलाइ जस्तै प्रचण्डलाइ पनि अख्तियारले समात्नु पर्छ : वैद्य

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१३ भदौ,काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले खुम बहादुर खड्कालाई जस्तै एनेकपा माओवादीका अध्यक्ष प्रचण्डलाइ पनि अख्तियारले समात्नुपर्ने बताएका छन् ।
पार्टी चलाउन पैसाको समस्या परेपछि प्रचण्डले मोहन वैद्यलाई आर्थिक सहयोग गर्ने प्रस्ताव गरेको भन्ने प्रश्नमा बैद्यले भने-’यो सब प्रचण्डले नीच बनेर चलाएको हल्ला हो, उनी यो दुनियाँका नीच र नैतिकहीन मान्छे हुन ।’ आफुले कहिले पनि प्रचण्डसँग आर्थिक सहयोग नमागेको भन्दै बैद्यले भने-’प्रचण्ड अरुलाई पैसा बाँड्दै हिड्ने धनपति कहिलेबाट बने ?
उनले कहाँबाट कमाएर ल्याए त्यसरी बाँडने पैसा ? मलाई पैसाको अफर गर्ने साहुजी कसरी बने भनेर जनतालाई जवाफ दिनुपदैन ? शहिद परिवार, घाइते र अपाङ्गचाहि खर्च चलाउन नसक्ने अनि त्यही पार्टीको नेताचाहिं माफिया शैलीमा पैसा अफर गर्दै हिड्ने ? बैद्यले प्रचण्डप्रति आक्रोश पोखे- खुमबहादुरलाई लागेको अख्तियारले नयाँ भ्रष्टाचारीलाई लाग्नुपर्दैन ?’
आफुहरु जनयुद्धको तयारीमा रहेको भन्ने हल्ला पनि प्रचण्डले नै चलाएको बैद्यले दावी गरे । जनतामा उत्तेजना र त्रास पैदा गर्ने अनि उनीहरु जनयुद्धमा जान लागेको भन्दै दमन गर्ने तयारीस्वरुप हल्ला चलाइएको बैद्यको दावी छ ।
जनयुद्धमा संर्घष गरेको पुरै टीम आफ्नोतिर आएपछी प्रचण्डले बाँकी रहेका कुडाकर्कट सम्हालेर बसेको बैद्यले टिप्पणी गरे । प्रचण्डको एकता भारतबादी र पूँजीबादीसँगमात्र सम्भव भएको तर आफुहरुसँग एकता हुन नसक्ने बैद्यले ठोकुवा गरे ।
:जनआस्था

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर