.

,

माओवादी लडाकुले गरगहना र नगद लुटपाट गरे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

सुनका गरहना र नगद लुटपाट गरेको आरोपमा रोल्पा प्रहरीले शिविरमा रहेका माओवादी लडाकासहित ५ जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप जिल्ला त्रिपुङ गाबिस ३ घर भई हालः रोल्पा स्थित माओवादी जनमुक्ति सेनाको उँघा ब्यारेकमा कार्यरत लडाका २३ वर्षीय संजय उपनामले चिनिने दिपक रानामगर, अर्घाखाँची जिल्लाको जुकेना गाविस ८ ठूलाढुङ्गे घर भई हालः माओवादी शिविर उँघा ब्यारेकमै कार्यरत सेक्सन कमाण्डर ‘रोशन उपनामले चिनिने बीरबहादुर मगर, रोल्पा डुबिडाँडा २ बाईजाका २३ वर्षीय ज्ञानबहादुर बस्नेत, सोहि ठाउँका २२ वर्षीय ओम प्रकाश बस्नेत र दाङ सौडियार ७ घर भई हालः स्थानीय सनराईज बोडिङ स्कुल सैवाङका २२ वर्षीय शिक्षक लोकबहादुर कुँवर, रहेका छन्। उनिहरुलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

गत भदौ ८ गते राति डुबिडाँडा २ बाइजाकी ३६ वर्षीय गोमा बस्नेतको घरमा खुकुरीसहित प्रवेश गरेका उक्त समूहले घर मालिक गोमा वस्नेतसहित उनका छोरा, भाई र छिमेकी फुपुलाई कुटपिट गर्नुका साथै बाँधेर लुटपाट गरेका थिए। लुटेराहरुले २ तोलाको सुनको सिक्री १ थान, एक तोला चार आनाको सुनकै सिक्री १ थान, १२ आनाको तिलहरी १ थान, दुई वटा मोबाइल सेट, र नगद १ लाख ५० हजार रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर