.
समाचार,
यस बर्ष ६ हजार नेपाली कोरिया जान पाउने
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
११ भदौ, काठमाडौ । वैदेशिक रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा यस बर्ष करिब ६ मात्र जान पाउने भएको छ । नेपालको कोटामा ६ हजार मात्रै कामदार पर्ने जनाउ कोरियाले दिएका कारण यस्तो भएको हो ।
सन् २०१२ भित्र कोरियाले रोजगार अनुमति प्रणाली –इपीएस) अन्तर्गत १५ मुलुकबाट ५७ हजार कामदार लिने जनाउदै आएको छ । सन् २०१२ का लागि कोरियाले एक बर्ष अघि लिएको भिषा परीक्षामा १५ हजार भन्दा बढी उत्र्तीण भएका थिए ।
केही समयअघि कोरियाले यो बर्ष ७ हजारलाई रोजगारीमा लैजाने जनाएको थियो । अब करिव चार महिनामात्र बाँकी रहेकाले रोस्टरमा रहेका १५ हजार ६ सय मध्ये यो बर्ष करिब ६ हजार मात्र कामदार कोरिया जान सक्ने भएका हुन् । २०१२ को जवनवरी देखि हालसम्म ४ हजार ९ सय ५० जना कोरिया गएएको पनि इपीएस कोरिया शाखाले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





