.
अपराध समाचार,
छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक प्रहरीको खोरमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
मोरङको महादेवा गाविसमा रहेको महादेवा माविका प्रधानाध्यापकले आफ्नै विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। गत साउन १६ गते एसएलसीको मौका परीक्षाका लागि प्रवेशपत्र लिन घरमा बोलाएर छात्रालाई यौन दुर्व्यवहार गरेको पोल खुलेपछि प्रधानाध्यापक दीपकुमार सिंहलाई गाउँलेले शुक्रबार नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।
शुक्रबार चौकीमा प्रअ पक्षका मानिसहरूले रु दुई लाख दिएर मिलापत्र गराउन खोजेपछि गाउँलेले प्रअ सिंहलाई इलाका प्रहरी कार्यालय सिजुवाको जिम्मा लगाएका छन्।
इप्रका सिजुवाका प्रहरी निरीक्षक गोपाल धमलाले यौन दुर्व्यवहारको आरोपमा सिंहविरुद्ध पीडित छात्राले किटानी जाहेरी दिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए। प्रअलाई कारबाहीको माग गर्दै पीडित पक्षले प्रहरी कार्यालय घेराउ गरेका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





