.

,

अमेरिकामा एक नेपालि युवाले रुखमा झुण्डिएर आत्महत्या गरे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
गौतम दाहाल, मेरिल्याण्ड

मेरिल्याण्ड राज्यको राजधानी शहर एन्नापोलिस भन्ने ठाउंमा बस्दै आएका कृष्ण केसी नामका एक नेपाली युवाले आत्महत्या गरेका छन् । शुक्रवार राती करीब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए । धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए । फोन नउठेपछि राती नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराए र राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केको थियो । रातभर नफर्केपछि शनिवार बिहानै उनको खोजीमा निस्केका उनका आफन्त र नातेदारले कहीं फेला पार्न नसकेपछि घर फर्कदै गर्दा अपार्टमेन्ट नजिकै प्रहरीको गाडी देखे । उनीहरुले प्रहरीसंग सोधपुछ गर्दा अपार्टमेन्ट नजिकैको एक रुखमा पासो लगाई आत्महत्या गरेको अवस्थामा मृतक केसीको शव फेला परेको प्रहरीले जानकारी दियो ।

करीव ३५ वर्षीय मृतक केसीको शव पोष्टमार्टमका लागि हाल बाल्टिमोर डाउनटाउनस्थित एक अस्पतालमा राखिएको छ । नेपालको कास्की जिल्लास्थित कास्कीकोट गाविस वडा नम्वर ६ काउलेका मृतक केसी विगत करीब डेढ वर्षदेखि आफन्त र नातेदारसमेत रहेको एन्नापोलिस शहरमा बस्दै आइरहेका थिए । केसीका एक श्रीमती, एक छोरा (करीब ११ वर्ष) र एक छोरी (तीन वर्षीया) नेपालमै छन् । भाई,भतिज,ज्वाईं र अन्य आफन्तसंगै एन्नापोलिसमा बस्दै आएका उनी करीब दुई हप्ता न्यूयोर्कमा बसेर तीन दिन पहिलेमात्र एन्नापोलिस फर्किएका थिए । यसअघि त्यहींको एक सेभेन इलेभेन स्टोरमा काम गर्दै रहेका उनी कागज बनाउने क्रममा न्यूयोर्क गएको उनका ज्वाईं भरत थापाले ग्लोब नेपाल डट कमलाई जानकारी दिए । उता न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाईटीका अध्यक्ष श्री पराजुलीले मृतक केसी रिजउडमै उनका आफन्त साजन केसीकोमा बसेको जानकारी दिंदै भने- म उनलाई सामान्य चिन्छु, गत शनिवार मेरी श्रीमतीले आयोजना गरेको एक कार्यक्रममा उनी निकै सक्रिय भएर सहयोग गरेका थिए । अलि रिजर्भ जस्तो देखिने उनको कागजी प्रक्रिया अघि बढिरहेको थियो । सोसल सेक्युरिटी र वर्क परमिट समेत प्राप्त गरिसकेका केसीले किन आत्महत्या गरे भन्ने बारे केही प्रष्ट हुन सकेको छैन ।

उनको कागजी प्रक्रियामा सहयोग गरिरहेका पराजुली भन्छन्- केसीको केस पेंडिंगमा थियो । मैले थाहा पाएसम्म उनी अलि डिप्रेश थिए र त्यसबाट छुटकारा पाउन केही औषधी सेवन समेत गर्दथे । मेक्सिको हुँदै अमेरिका छिरेका उनी नेपालदेखि नै अलि डिप्रेश थिए । तर मृतक केसीका भतिज लक्ष्मण केसीले चाहिं यस बारेमा केही बताउन चाहेनन् । ग्लोब नेपाल डट कमको फोन सम्पर्कमा उनले आफू अहिले केही बोल्न सक्ने अवस्थामा नरहेको बताए । ‘भोली चिकित्सकले पोष्टमार्टम रिपोर्टका लागि बोलाएको छ, त्यसपछि मात्र के भएको हो भन्न सकिन्छ’शनिवार साँझ ग्लोब नेपालसंग लक्ष्मणले भने । मृतक केसी न्यूयोर्कबाट फर्केर भतिज लक्ष्मणसंग उनकै कोठामा बस्दै आएका थिए । बिहीवार दिउँसो उनी घुम्दै ज्वाईं भरत थापाले काम गर्ने स्टोरमा पुगेका थिए । त्यहाँ आफुले पिज्जा अर्डर गरेर दुवै जनाले पिज्जा खाएको बताउंदै भरतले भने- त्यो बेला उहाँ राम्रै अवस्थामा हुनुहुन्थ्यो । अब आफू पहिले काम गरेकै सेभेन इलेभेन स्टोरमा फर्केर काम गर्न लागेको आफुसंगको कुराकानीमा बताएको भरतले जानकारी दिए । ‘तर शुक्रवार रातीदेखि हराएका ससुराको शनिवार बिहानै अपार्टमेन्ट नजिकै लाश देख्दा सपना जस्तै लाग्यो ‘ भरतले भावविव्हल हुँदै फोनमा भने ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर