.
प्रवास समाचार,
नेपाली विद्यार्थी समाज कोरियाको साधारण सभा सम्पन्न, कार्यसमिति निर्बिरोध चयन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
राजिव भण्डारी -
नेपाली विद्यार्थी समाज कोरिया (सन्सिक) को साधारण सभा ईक्सानको युथ होस्टलमा आईतबार सम्पन्न भएको छ । सभापति आस्था बिन्दु मल्लको सभापतित्वमा सम्पन्न उक्त साधारण सभालाई प्रमुख अतिथी राजदुत कमान सिंघ लामा, विषेस अतिथी सामदोङ ईन्टरनेसनलका किम थे योङ साथै उपनियोग प्रमुख राजाराम बर्तौला, आईसिसी प्रतिनिधि डा. देवी बस्नेत, एनआरएन कोरियाका अध्यक्ष केपि सिटौला लगयातले दियो बालेर संयुक्त रुपमा उद्द्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजदुत कमान सिंघ लामाले उपस्थित विद्यार्थीहरुमा नेपालको भविष्य देखेको बताएका थिए । समुन्नत नेपालको परिकल्पना सबैले गर्नु पर्ने र बोलीमा नभएर व्यबहारबाट गरेर देखाउन आग्रह समेत गरेका थिए ।
साधारण सभाको व्यबस्थापन लगायत सम्पूर्ण चाँजो पाँजो मिलाएको साम्दोङ ईन्टरनेसनलका निर्देशक किम थे योङले कोरिया स्थित उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु संग आफ्नो गहिरो सम्पियता रहेको र यिनै विद्यार्थीहरुको माध्यमबाट नेपाल र नेपालीको हितको लागि निरन्तर लागिरहने बताएका थिए । अन्य उपस्थित अतिथिहरुले मन्तब्य राख्ने क्रममा शुभकामना सहित सन्सिकका उल्लेखनिय कामहरु बारे प्रकास परेका थिए ।
'सन्सिक स्मारिका'को पहिलो अङ्कको पहिलो संस्करण समेत उक्त औपचारिक कार्यक्रममा उपस्थित अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए । औपचारिक कार्यक्रम लाई समापन गर्ने क्रममा सभापति आस्था बिन्दु मल्लले एउटा वर्गलाई मात्र प्रतिनिधित्व गरे तापनि हाम्रो बौद्दिकतालाई सही सदुपयोग गरेर देशलाई सकारात्मक परिवर्तन गर्न सक्ने हैसियत राख्ने हामी विद्दार्थीको यो विशाल उपस्थितिले पनि प्रस्ट पारेको, सन्सिकप्रति कोरियाली डायोस्परामा रहेका सम्पूर्ण महानुभावहरूको यति ठूलो लगाव र यति धेरै झुकाव रहेछ भन्ने कुरा एकवर्षको अवधिमा राम्रोसंग बुझ्ने मौका मिलेको बताएकि थिईन ।
बोल्ने क्रममा सभापति मल्लले एउटा संस्थालाई जीवन्त राख्न र थप उचाई दिन नेतृत्व तहमात्रले सम्भव नहुने कार्यसमितिका साथीहरुले प्रदान गरेको निरन्तर हौसला, विना थकानको सहयोग र उचित सल्लाह नभएको भए कुनै उल्लेखनीय कार्यहरु गर्न संभव नहुने बताएकी थिईन् । औपचारिक उद्द्घाटन कार्यक्रमको सचिव जीवन पौडेलले सञ्चालन गरेका थिए भने शुभकामना मन्तव्य महेश्वर शाहले दिएका थिए ।
अध्यक्षमा धुर्ब भट्ट निर्बिरोध
राति सम्पन्न भएको बन्द सत्रले योन्से विश्व विद्यायमा बातावरण ईञ्जिनियरमा पिएचडि गरिरहेका धुर्ब भट्टलाई चयन गरेको छ । कार्यसमितिका अन्य सम्पूर्ण सदश्यहरु समेत निर्विरोध निर्बाचित भएका छन् ।
अध्यक्ष ध्रुव भट्ट
उपाधक्ष्य जीवन पौडेल
अमित कुमार झा
अमित सुबेदी
रमाकान्त लामिछाने
सचिव बिमल सुबेदी
सह-सचिव नवराज गौतम
कोषाधक्ष्य अनुप के.सि
सदश्य हेमराज रिमाल
मलेस शाह
उज्वल कर्माचार्य
प्रशान्त दाहाल
बिबेक राज श्रेष्ठ
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





