.
प्रवास समाचार,
१८औं विश्व आदीवासी दिवस यूएईमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
नेपाली आदिवासी जनजाती महासंघ यूएईले विविध कार्यक्रम सहित १८ औं विश्व आदिवासी दिवस विविध सांस्कृतिक कार्यक्रम सहित दुबईको ईम्पिरियल होटलमा गत शुक्रवार सम्पन्न गरेको छ। नेपाली आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष गिरमान थापा मगरको सभापतित्व, नेपाली राजदूतावास यूएईका राजदूत धनन्जय झाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आईसीसी सदस्य छत्र लामा, एनसीसी यूएईका अध्यक्ष चन्द्र रोकाय, नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा विभिन्न जनजातीहरुको भेष भुषा तथा कला संस्कृतिक झल्कने विविध प्रस्तुतीहरु भएका थिए। गुरुङ समाजका राजेश घलेले जाग लम्क है भन्ने पहिलो गायन प्रस्तुती पस्केका थिए भने दोश्रो प्रस्तुती किरात राई यायोक्खाका रुमी राई तथा कबिता राईले नाकैमा फुली भन्ने गितमा नृत्य प्रस्तुत गरेका थिए भने तामाङ समाजका बले तामाङ तथा राजेश दोलखालीको नृत्य भने हेर्न लायक थियो, उनीहरुले कस्तुरी विना वोलमा नृत्य गरेका थिए। मगर समाज यूएईका भूवन थापा, कृष्ण थापा मगर, शीला राना मगर, सपना राना मगरको नृत्य अति आकर्षक थियो। मगर भेष भुषामा सजिएका ति जोडीको नृत्यलाई सवैले वाहा वाहा गरेका थिए। प्रतियोगितात्मक रुपमा सम्पन्न सांस्कृतिक कार्यक्रममा विभिन्न ४ प्रस्तुतीहरु मध्ये मगर समाज यूएईको प्रस्तुतीलाई दर्शक तथा निर्णायक मण्डलले प्रथम घोषणा गरेको थियो भने किराँत राई यायोख्खाको प्रस्तुती दोश्रो, तामाङ समाजको प्रस्तुती तेश्रो, गुरुङ समाजको प्रस्तुती चौथो भएको थियो। निर्णायक मण्डलमा श्याम तमू, जंग थापा मगर, सञ्जय तामाङ, विवेक राई तथा नेवा पुचःका संयोजक रहेका थिए साथमा दर्शकहरुको भोटको आधारमा प्रथम्, द्धितिय, तृतिय चयन गरिएको थियो। पुष्पा राईको मिठो कविताले कार्यक्रमलाई रौनक छाएको थियो। राईहरुको आफ्नै कला तथा भेषभुषा संस्कृति झल्कने झाँकीले कार्यक्रमलाई अझै रोचक बनाएको थियो।
कार्यक्रम संयोजक डि आर गुरुङले विश्व जनजाती दिवस मनाउनुको उद्देश्यको बारेमा वताएका थिए। अगष्ट ९ मा मनाउने भएतापनि विदेशमा विविध कारणले ढिला हुन गएको बताएका थिए भने जनजाती महासंघ यूएईका भु.पु अध्यक्ष तथा सल्लाहकार भूवन राईलाई महासंघले दोसल्ला ओढाई सम्मान गरेका थिए भने उनले मन्तब्य दिने क्रममा आफु संलग्न पार्टी परित्याग गरेको उद्धघोष गर्दै पहिचान सहितको संघियताको पक्षमा लाग्ने बताएका थिए। एनआरएन आईसीसी सदस्य छत्र लामा, नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य बिमला भट्ट, प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल शर्मा पगेनी, नेपाली जनसम्पर्क समिति यूएईका अध्यक्ष चित्र केसी आदीले आफ्नो मन्तब्य सहित कार्यक्रमको शुभकामना दिएका थिए भने प्रमुख अतिथि यूएईका लागि नेपाली राजदूत धनञ्जय झाले जनजातीहरु आफैमा विषेश कला तथा सांस्कृतिकले भरिपूर्ण हुन्छन्। स्वदेशमा गुम्दै गरेको आफ्नो कला संस्कृतिलाई विदेशमा पनि जोगाई राख्न यो कार्यक्रमले टेवा पुर्याएको र जनजातीहरुले देशको आर्थिक, राजनैतिक, सांस्कृतिक विकासमा धेरै ठुलो योगदान पुर्याएको बताए। आजको सांस्कृतिक प्रतिस्प्रधा पनि अति उत्तम लागेको उनले वताए। कार्यक्रम सरोज पेहाङ्खो तथा उमेश राईले मिलेर सञ्चालन गरेका थिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






