.
Feature समाचार,
प्रधानमन्त्री भट्टराइ इरान प्रस्थान I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 28 August 2012
प्रधानमन्त्री डा. बाबुराम भट्टराई इरानको राजधानी तेहरानमा हुने असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनमा भाग लिन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री डा. भट्टराईले इरान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको सन्दर्भमा यो भ्रमण उपलब्धिपूर्ण हुने बताउनुभयो।
उहाँले नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र भएको र सधैँ यस सम्मेलनलाई महत्व दिई उच्चतम तहबाट सहभागिता भइआएकाले आफूले यसलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो। यही भदौ १४ र १५ गते शिखर सम्मेलनको आयोजना गरिएको छ। सो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गत सोमबार नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





