.

,

स्थानीय बासिन्दाबाट लाखौ ठगेर एक भारतीय नागरिक फरार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१० भदौ, रौतहट । एकजना भारतीय नागरिक रौतहटको चन्द्रनिगाहपुर बजारबाट लाखौ रकम ठगेर बेपत्ता भएका छन् । केही बर्षदेखि चन्द्रनिगाहपुरमा किराना सामानको व्यापार गर्दै आएका भारतको मोफरपुर घर भएका उमेशप्रसाद यादवले स्थानीय बासिन्दा, व्यापारी र सहकारी संस्थाबाट समेत मोटो रकम ऋण लिएर फरार भएका हुन् ।

उनी एकाएक फरार भएपछि चन्द्रनिगाहपुरमा ढुकुटी खेल्नेहरु समेत मारमा परेका छन् । अबैध रुपमा ढुकुटी खेल्नेहरुको रकम कति लिएर फरार भएका हुन् भन्ने कुरा खुल्न सकेको छैन् । उनले स्थानीय आधा दर्जन सहकारीबाट ऋण समेत लिएका छन् । ठगी गरेर फरार यादवले किस्तामा लिएको एउटा टाटा मोवाईल गाडी समेत लिएर गएको स्थानीय व्यापारीहरुले बताएका छन् । चन्द्रनिगाहपुरमा रहेका बिभिन्न सहकारीबाट ऋण लिएर उनी फरार भएपछि आफुहरु समस्या परेको मेरो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुमन गौतमले जनाएको छ । उनले चन्द्रनिगाहपुर क्षेत्रबाट करिब ४० लाख बराबर लिएर फरार भएको स्थानीय चामल ब्यापारी निरन श्रेष्ठले बताए ।
पछिल्लो पटक चन्द्रनिगाहपुरमा भारतको बिभिन्न स्थानबाट आएर व्यापार गर्ने र पछि फरार हुने क्रम बढेको छ । भारतीय नागरिक ठगी गरेर फरार भएको बारेमा आफु कहाँ कुनै जानकारी नआएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार ती भारतीय नागरिकले नक्कली नेपाली नागरिकताको प्रमाणपत्र देखाएर सहकारीहरुबाट ऋण लिएको बुझिएको छ

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर