.

,

दुबईमा एक नेपालीको क्यान्सरबाट मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१० भदौ, युएई । स्याङ्गजा वालिङ्गका पूर्ण बहादुर रानाको गत शनिवार विहान दुवईको अल रसीद अस्पतालमा व्लड क्यान्सरबाट मृत्यु भएको छ । विगत ५ बर्ष देखी यूएईमा र २ बर्षदेखि अलसाय ग्रुफ अफ कम्पनी यूएईमा कार्यरत राना गत केहि महिनादेखि ब्लड क्यान्सरले पीडित थिए ।

उपचारको क्रममा आफुलाई अलि ठिक भएको हो कि भन्दै ४ महिना पहिला २ महिनाको छुट्टिमा नेपाल गएका थिए छुट्टिपछि उनी लगत्तै यूएई आए र दुई महिना कम्पनीमा काम गरे । छुट्टिबाट फर्केर आएपछि फेरि उनलाई रोगले च्यापेपछि अल रसिद अस्पतालमा चेकअपकोलागि गएका थिए । सुरुमा त अस्पतालले उनको रोगको बारेमा उपचार सम्भव नभएको भन्दै चेकअप गर्न नमानेको तर उनी जवरजस्ती उपचार गराउन बाध्य भएका थिए । उनको उपचारकोलागि अन्य संघ सस्थाहरु तथा ब्यक्तिहरुले पनि सहयोग गर्दै आएका थिए भने कम्पनीले पनि उपचारको खर्च ब्यहोरी रहेको थियो । गत केहि महिना पहिला उनको सहयोगको लागि एनआरएनए एनसीसी यूएईको सम्योजकत्वमा यूएईका विभिन्न संघ संस्थाहरुले करिव १ लाख नेपाली रुपैया सहयोग स्वरुप उनको परिवारलाई प्रदान गरेका थिए ।

आर्थिक अवस्थामा पनि कमजोर रहेका उनको नेपालमा श्रीमती सहित १ छोरी छन् । कम्पनीले लामो समय उपचारमा खर्च गरिरहेको र अलसाय ग्रुप अफ कम्पनीको दुवईमा मेडीकल ईन्सुरेन्स नभएको हुनाले उनले पाउनु पर्ने ईन्सुरेन्स रकम नपाउन सक्ने र सकेसम्म कम्पनीबाट केही मात्रमा रकम उपलब्ध गराउने प्रयास गर्ने उक्त कम्पनीमा कार्यरत तथा समाजसेवी विदुर राउतले वताए । छुट्टिमा नेपाल गएको बेलामा घर वनाउन बैकंबाट भर्खरै ऋण लिएको वतार्इएको छ ।
उनको शव नेपाल पठाउने प्रकृया थालिएको र छिट्टै पठाईने पनि राउतले वताए । यूएईमा रहेका सम्पूर्ण संघ सस्थाका पदाधिकारीहरुलाई उनको परिवारले आर्थिक सहयोगकोलागि अपिल पनि गरिएको एनआरएनए एनसीसी यूएईका अध्यक्ष चन्द्र रोकाहाले वताए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर