.

,

डुङ्गा दुर्घटनामा मर्नेको संख्या ४ पुग्यो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१० भदौ, रौतहट । रौतहटको लक्ष्मीपुर घाटमा शनिबार दिउँसो डुङ्गा दुर्घटना मर्नेको संख्या ४ पुगेको छ । घटना स्थलमा आज बिहान १३ वषिर्य प्रतिमा पटेलको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । शनिवार घटना भएको केही घण्टापछि एक जनाको जिवितै उद्धार गरिएको थियो भने राति अबेरसम्म हराइरहेका मध्ये १४ सम्पर्कमा आएको प्रहरी श्रोतले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएको अनुमान गरिएको छ ।

सर्लाहीको मानपुर घाटबाट यात्रु बोकेर रौतहट जिल्लाको गम्हरियापर्सा गाबिसमा पर्ने बागमती नदीको लक्ष्मीपुर घाटमा आउन लागेको डुङ्गा बागमती नदीमा पल्टिएको थियो, डुङगामा सवार रहेकी १३ वर्षिय अस्तना खातुन, २० वर्षिय राजिया खातुन र ३३ वर्षिय हिरसत खातुनलाई शनिवार साँझ नै प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख ठूले राई सहित सशस्त्र प्रहरी र सर्लाहीबाट समेत ठूलो संख्यामा आएका सुरक्षकर्मीले डुङ्गा भने फेला पारेको छ । डुङ्गा जीर्ण रहेको र क्षमता भन्दा बढी यात्रु तथा मोटरसाइकल समेत राखेर नदी तार्न लाग्दा दुर्घटना भएको प्रहरीले बताए । बेपत्ता भएका अन्य स्थानीय बासिन्दाहरुको खोजी कार्य भईरहेको छ । रौतहटबाट सर्लाहीको बागमती किनारामा रहेको खेतमा काम गर्न जानेहरु दुर्घटनामा परेको छ ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर