.
Feature समाचार,
असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री इरानतिर I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान प्रस्थान गरेका छन् । सम्मेलन सुरु हुनु अघि हुने परराष्ट्र मन्त्रीस्तरीय छलफलमा सहभागी हुन उनी आज इरानको राजधानी तेहरान प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रीस्तरीय छलफल भोलीदेखि सुरु हुँदै छ । मन्त्री श्रेष्ठ कतार एअरवेजबाट विहान नौ बजे पछि त्यसतर्फ लागेका हुन् । असंलग्न राष्ट्रहरुको १६ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री बाबुराम भट्टराई भने आगामी बुधबार अर्थात १३ गते इरान जाने कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराई, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य र इरानसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदुत भरतराज पौडेल भने शनिवार नै तेहरान पुगिसकेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





