.
Feature समाचार,
पोखरा बिमानस्थलमा माओवादी नेताहरुले ५० लाख रुपैयाँ घुस लिएका रहेछन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
तीन दशक अघिदेखि क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्दै जग्गा अधिग्रहण भएर पनि काम सुरु नभएको बेला केही समय यता पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा तारजाली लगाउने र सम्माउने काम पाएका तीनवटा कम्पनीबाट माओवादी नेताहरुले ५० लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ ।
सो कुराको खुलासा माओवादीको तमुवान राज्य समितस्तरीय बैठकमा कार्यकर्ताबाट चर्को कुरा उठेपछि नेताहरुले रकम लिएको स्वीकार्दै कसलाई कति बाँडियो भन्ने हिसावकिताव समेत सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।
सुरुमा पूर्वसभासद् समेत रहनुभएका एमाओवादीका राजकाजी गुरुङले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला पार्टीभित्र चलेपछि खोजी सुरु भएको थियो । पोखराका एक माओवादी कार्यकर्ताका अनुसार सुरुमा पूर्वसभासद् गुरुङले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरैथोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो ।
साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी कुमारले एयरपोर्ट काण्डका विषयमा कार्यकर्ताहरुलाई यथार्थ जानकारी दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा एयरपोर्ट काण्डको रहस्य खुलाउँदै कुमारले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गर्दै सो रकम एमाओवादीका विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब९किताब समेत सार्वजनिक गर्नुभएको बताइएको छ ।
नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढी रकम खर्च भैसकेको छ । तिनै कार्यहरुमा सहभागी ठेकेदारबाट पूर्वसभासद् तथा विमानस्थल सम्बन्धी समस्या समाधान कार्यदलका संयोजक राजकाजी गुरुङको नेतृत्वमा सो रकम ठेकेदारहरुबाट लिएको एमाओवादीले स्वीकार गरिसकेको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले बताए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





