.
समाचार,
रेखाले प्रचण्डसंग किन गरिन् गोप्य भेटघाट..
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 3 September 2012
केही समय अघि एमाओवादी अध्यक्षसंग नाचेर चर्चा बटुलेकी नायीका रेखा थापाले आइतवार अध्यक्ष प्रचण्डसंग गोप्य भेटघाट गरेको खबरले चलचित्र उद्योग तातेको छ।रेखा र प्रचण्डको यसपटकको भेट कम्मर मर्काउनलाई नभएर गंभिर विषयमा केन्द्रित रहेको भएको बताइएको छ। स्रोतका अनुसार रेखाले यसपटक ठुलै पद ताकेकी छिन्। उनी चलचित्र विकास बोर्डको
अध्यक्ष बन्ने आकांक्षा बोकेर प्रचण्ड निवास छिरेकी हुन्। प्रचण्डले सिफारिस गरिदिए चलचित्रको अध्यक्ष बनिने लोभमा रेखा केही साथीहरु सहित प्रचण्डलाइ भेट्न पुगेको बताइन्छ । भेटघाटको विस्तृत विवरण भने गोप्य राखिएको छ। नायीका रेखाले बोर्डको अध्यक्ष भएपछि आफूले गर्ने सक्ने कामको पाँच बुँद फेहरिस्त नै तयार पारेर प्रचण्डलाइ बुझाएको बताइएको छ। रेखाका साथमा संगितकार चेतन सापकोटा लगाएका केही व्यक्ति समेत रहेको थाहा भएको छ।
गणेश भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिएपछि केही समय यता बोर्डको अध्यक्ष बन्न केही व्यक्तिहरुविच खुलेरै लागेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




