.
समाचार,
रक्सी कम पिउन चाहनुहुन्छ, बदल्नुस् गिलासको आकार
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 3 September 2012
तपाईले रक्सी, वियर त पक्कै पिउने गर्नुभएको छ होला । केहीले त आफूले नचाहँदा नचाँहदै पनि धेरै पिउने पनि गर्नुभएको छ होला । यदी त्यसो हो भने अब त्यो समस्याबाट तपाईले मुक्ति पाउनु हुनेछ ।यदी तपाई कम रक्सीको प्रयोग गर्न चाहनुहुन्छ भने तपाईले रक्सी पिउन प्रयोग गर्ने गिलासको आकारमा
ध्यान दिनुस् । सकेसम्म गोलाकार भन्दा चेप्टो गिलासको प्रयोग गर्नाले कम रक्सी तथा बियर पिइने एक अध्ययनले देखाएको छ ।
ब्रिस्टल विश्वविद्यालयले गरेको अध्ययन अनुसार गोलो गिलासमा पिउने मानिसले चेप्टो गिलासमा पिउँदा केही बढी समय लगाउछन् जसले गर्दा मानिसले केही कम रक्सी या बियर पिउँछन् ।
अध्ययनका अनुसार गोलो गिलासमा रक्सी पिउने समय र चेप्टो गिलासमा पिउने समयमा करिब ६० प्रतिशतसम्म फरक पर्ने गर्छ । गोलो गिलासमा पिउँदा भन्दा चेप्टो गिलासमा पिउँदा ६० प्रतिशत समय बढी लाग्छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




