.
विश्व समाचार,
भारतीय परम्परा तोडिदियो चीनले
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 3 September 2012
१८ भदौ, एजेन्सी । भारतमा आउने हरेक विदेशी रक्षा मन्त्रीले आफ्नो भारत भ्रमण अमर जवान ज्योतीको भ्रमण गरेर सुरूवात गर्ने प्रचलन रहिआएको छ । केही समय अघि भारत आएका अमेरिकी रक्षा मन्त्री लियोन पेनेटादेखी सन् २०११ मा आएका फ्रान्सका सेना प्रमुख जनरल एलरिक इरेस्ट्रोजा तथा सन् २००९ मा आएका अष्ट्रेलियाका प्रधानमन्त्री केविन रडले पनि अमर जवान ज्योतीको भ्रमणबाट भारत भ्रमणको सुरूवात गरेका थिए ।
तर हिजो भारत पुगेका चीनीयाँ रक्षा मन्त्रीले भने उक्त परम्परालाई तोडिदिएका छन् । चीनीयाँ रक्षा मन्त्री जनरल लियांग गुआंगलीले आफू अमर जवान ज्योती नगई आफ्नो भारत भ्रमण सुरू गरेपछी भारतको परम्परा नै बनेको यो चलन हटेको छ । यता भारतले पनि यसका लागी दवाव भने नदिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
रक्षा मन्त्री लियांग भारतमा चीन र भारतबीचको रक्षा सम्बन्ध सुमधुर बनाउनका लागि भारत भ्रमणमा आएका हुन् । मन्त्री लियांग पाँच दिने भ्रमणका लाग भारत पुगेका छन् ।
यसैबिच, चीनीयाँ रक्षा मन्त्रीको भारत भ्रमणको विरोधमा भारतस्थित चीनीयाँ राजदुतावास अगाडी चीन विरोधी प्रदर्शन गर्ने तीन जना तिबब्ती नागरीकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




