.
समाचार,
कक्षा १२ मा ३८ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तिर्ण
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
१७ भदौ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकालयको परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षामा ३८ दशमलव ५८ प्रतिशत अर्थात ८९ हजार १ सय २५ विद्यार्थी उत्तिर्ण भएका छन् । गत वैशाखमा भएको परीक्षामा २ लाख ३० हजार ९ सय ६४ परीक्षार्थी सहभागी भएका थिए । परिषद्का अनुसार ५ सय १५ को परीक्षा रद्ध गरिएको छ भने १० परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ ।
यसैगरी आशिकतर्फ ३६ दशमलव ४५ प्रतिशत अर्थात ४७ हजार ४ सय ४० परीक्षार्थी उत्तिर्ण भएका छन् ।
परीक्षामा १ लाख २८ हजार १ सय ९८ सहभागी भउका थिए ।
परीक्षा फल www.hseb.edu.np मा हेर्न सकिन्छ । विज्ञान संकायको परीक्षा फल भने यसअघि नै प्रकाशित भइसकेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




