.

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
२३ भदौ, काठमाडौं । विवाह-बन्धनमा बाँधिनुपूर्व नै यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्या बढ्दै छ । एक अध्ययनअनुसार विवाहअघि यौनसम्पर्क गर्ने युवायुवतीको संख्या शत् प्रतिशत बढेको छ ।

सो संस्थाले मकवानपुर, चितवन, नवलपरासी, पर्सा, झापा, ललितपुर र बाँकेका एक हजार अविवाहित युवा-युवतीमा अध्ययन गरेको थियो । 'यो सन् २०६९ को सबैभन्दा पछिल्लो अध्ययन हो, अध्ययनमा अघिल्लो तुलनामा शत् प्रतिशत वृद्धि भएको पाइयो,' संस्थाका सहनिर्देशकले जनाएको छ ।

अध्ययनमा १० दशमलव दुई प्रतिशत सहभागीले विवाहपूर्व नै यौनसम्पर्क राखेको बताएका थिए । यसअघि गरिएको अध्ययनमा पाँच दशमलव चार प्रतिशत युवा-युवतीले मात्र विवाहअघि यौनसम्पर्क गरेका बताएका थिए ।
विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या वृद्धिसँगै गर्भपतन गराउने युवतीको संख्या पनि बढेको सो संस्थाले जनाएको छ । आर्थिक वर्ष ०६७/६८ मा सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरिस्टोप्स सेन्टरबाट ७४ हजार ६ सय ६० जनाले गर्भपतन सेवा लिएका छन् । गत वर्ष देशका विभिन्न स्थानमा रहेका मेरिस्टोप्स सेन्टरबाट ५४ हजार आठ सय ८५ जनाले गर्भपतन सेवा लिएको सुनौलो परिवार नेपालले जनाएको छ ।

अनुसन्धानले गर्भपतन सेवाबारे सर्वसाधारणमा जानकारी बढेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८७ प्रतिशतमा गर्भपतन सेवाबारे जानकारी रहेको पाइएको छ । यसअघिको अध्ययनमा ८० प्रतिशत सहभागीले मात्र गर्भपतनबारे थाहा भएको बताएका थिए । तर, गर्भपतनले कानुनी मान्यता पाएकोबारे अझै पनि ६७ प्रतिशत मात्र जानकार छन् । यसअघिको अध्ययनमा ४८ प्रतिशत सहभागीले मात्र आफूहरूले गर्भपतन सेवाबारे सुनेको बताएका थिए ।

त्यस्तै अनुसन्धानले परिवार नियोजनको साधनबारेको जनचेतनामा पनि वृद्धि भएको देखाएको छ । विगतको अनुसन्धानमा कम्तीमा एउटा परिवार नियोजनको साधनबारे जानकारी भएकाहरू ९० प्रतिशत थिए । तर, पछिल्लो अध्ययनले करिब ९८ प्रतिशतमा परिवार नियोजनका साधनबारे जानकारी रहेको देखिएको छ ।
परिवार नियोजनका साधनमा सबैभन्दा बढी कन्डमबारे सुनेको सहभागीले बताएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर