.
Feature समाचार,
चन्दा आतङ्कको विरोधमा निर्माण सामग्री व्यापार सङ्घले र्याली निकाल्यो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 8 September 2012
विभिन्न सङ्घसङ्गठनका नाममा व्यापक रूपमा चन्दा आतङ्क फैलिएको भन्दै यसको विरोधमा भक्तपुर निर्माण सामग्री व्यापार सङ्घले आज र्याली निकालेका छन् ।
व्यापारीहरुले थेग्नै नसक्ने गरी चन्दा माग हुने गरेको, स्वेच्छाले चन्दा दिँदा मागेको जति भएन भन्दै धम्क्याउने गरेको र अस्थिर राजनीतिको फाइदा उठाउँदै चन्दा माग्ने समूहहरु दैनिक रूपमा आउने गरेकाले यसलाई नियन्त्रण गरी व्यापारीको सुरक्षाको माग गर्दै र्यालीका आयोजना गरिएको उनीहरुले बताएका छन् ।
मध्यपुरथिमिको गठ्ठाघरबाट निकालिएको मोटरसाइकल र्यालीले विभिन्न क्षेत्रको परिक्रमा गर्दै चन्दा आतङ्कको विरोध गरेको थियो । सङ्घले अबदेखि प्रत्येक शनिबार निर्माण सामग्रीका पसलहरु बन्द गर्ने जनाएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





